logo

घ्यु तथा अन्य उत्पादन गर्ने एक उधोगमा छापा,गुणस्तरहीन उत्पादन फेला परेपछि उधोग शिल

 इसीमाना सम्बाददाता      २०८१ भदौ २० गते १४: ३७ मा प्रकाशित     271   पटक पढिएको

वीरगन्ज । गुणस्तरहीन घ्यु तथा अन्य बेकरी पदार्थ उत्पादन गर्ने एक उधोगमा बजार अनुगमन समितिले छापामारेको छ ।

 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बाणिज्य कार्यालय,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय वीरगंन्ज एवं उपभोक्ता हित संरक्षण मंचको संयुक्त टोलीले बुधबार उधोगमा छापा मारेको हो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले अखाद्य घ्यू उत्पादन र बिक्री बितरण हुदै आएकोमा उजुरी गरेको थियो ।

 

उजुरीको आधारमा बीरगंज महानगर पालिका वडा न.१५ भेडियाहीमा रहेको श्रीराधा बेकरी सटिङ्ग रिपैकिङ्ग उद्योगमा जिल्ला प्रशासन कार्यालय पर्सा सहितको टोलीले छापामारी गरेको अजित भूजेलले बताए।

 

सो उद्योगमा घ्यु बनाउने नाममा अखाद्य बस्तु , केमिकल प्रयोग गरेको र केक पाउरोटीमा प्रयोग हुने बेकरी सटिङ्लाइ घ्यु भन्दै प्याकिङ्ग गरि बिक्री गरेको , नक्कली लेबल सहित अखाद्य घ्यू , टोलीले नियन्त्रणमा लिएको छ ।

 

घ्यु मा प्रयोग हुने सामान र भाडाकुडा पनि टोलीले नियन्त्रणमा लिएको छ । उद्योगको कागजात माग्दा नदिएकोले तत्काललाई उद्योग शिल गरिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय बीरगंजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए ।

 

श्रोतका अनुसार यो गुणस्तरहिन घ्यु उद्योगका सञ्चालक लोकेश मित्तल रहेको र हाल उनी सम्पर्कबिहिन भएको बताइन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.