logo

घ्यु तथा अन्य उत्पादन गर्ने एक उधोगमा छापा,गुणस्तरहीन उत्पादन फेला परेपछि उधोग शिल

 इसीमाना सम्बाददाता      २०८१ भदौ २० गते १४: ३७ मा प्रकाशित     445   पटक पढिएको

वीरगन्ज । गुणस्तरहीन घ्यु तथा अन्य बेकरी पदार्थ उत्पादन गर्ने एक उधोगमा बजार अनुगमन समितिले छापामारेको छ ।

 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बाणिज्य कार्यालय,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय वीरगंन्ज एवं उपभोक्ता हित संरक्षण मंचको संयुक्त टोलीले बुधबार उधोगमा छापा मारेको हो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले अखाद्य घ्यू उत्पादन र बिक्री बितरण हुदै आएकोमा उजुरी गरेको थियो ।

 

उजुरीको आधारमा बीरगंज महानगर पालिका वडा न.१५ भेडियाहीमा रहेको श्रीराधा बेकरी सटिङ्ग रिपैकिङ्ग उद्योगमा जिल्ला प्रशासन कार्यालय पर्सा सहितको टोलीले छापामारी गरेको अजित भूजेलले बताए।

 

सो उद्योगमा घ्यु बनाउने नाममा अखाद्य बस्तु , केमिकल प्रयोग गरेको र केक पाउरोटीमा प्रयोग हुने बेकरी सटिङ्लाइ घ्यु भन्दै प्याकिङ्ग गरि बिक्री गरेको , नक्कली लेबल सहित अखाद्य घ्यू , टोलीले नियन्त्रणमा लिएको छ ।

 

घ्यु मा प्रयोग हुने सामान र भाडाकुडा पनि टोलीले नियन्त्रणमा लिएको छ । उद्योगको कागजात माग्दा नदिएकोले तत्काललाई उद्योग शिल गरिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय बीरगंजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए ।

 

श्रोतका अनुसार यो गुणस्तरहिन घ्यु उद्योगका सञ्चालक लोकेश मित्तल रहेको र हाल उनी सम्पर्कबिहिन भएको बताइन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.