logo

बुद्ध नेपालमा जन्मेको प्रचार गर्दै छ्यालीस देश पुगेः साइकल यात्री मर्हजन

 इसीमाना सम्बाददाता      २०८१ भदौ १६ गते १६: ५६ मा प्रकाशित     260   पटक पढिएको

बीरगंज । विश्व साईकल यात्री रामचन्द्र महर्जनलाइ ठोरी गाउँपालिकाको वडा नं ४ बिजयबस्तीका बासिन्दाले स्वागत गरेका छन ।

उनलाई विजयबस्तीका स्थानीयहरुले स्वागत गरेका हुन। महर्जनले हालसम्म ४६ देशको भ्रमण गरिसकेका छन् र नेपालका ५७ जिल्ला घुमिसकेका छन ।


विश्व भ्रमणको क्रममा आफूले गौतम बुद्ध नेपाल जन्मेको प्रचार गर्दै हिडको बताए । उनले साईकलको ह्याण्डलमा राष्ट्रिय झण्डा र बौद्ध झण्डा राखेर यात्रा गर्ने गरेको बताए।


मावि विजयबस्तीका विद्यार्थीहरुका माझ साईकल यात्री रामचन्द्र महर्जनले आफ्नो साईकल यात्राको उद्देश्य, महत्व र यात्रा अनुभवबारे बताएका थिए। यात्राको क्रममा नेपालको धेरै जिल्ला घुमिसकेका

महर्जनले, काठमाडौँ बाहेक नेवारहरुको घना बस्ती पहिलो पटक विजयबस्तीमा देखेकोले यो अनुभव आफ्नो यात्रा डायरीमा अविस्मरणीय घटनाको रुपमा उल्लेख गर्ने बताए।


यसपछि आफू पाकिस्तान, अफगानिस्तान हुँदै भ्रमण गर्ने समेत उनले जानकारी गराए। यात्रामा आफू जहाँ पुगे पनि नेपालीहरुले सहयोग गरेको महर्जनले बताए।


यसै क्रममा, साईकल यात्री रामचन्द्र महर्जनलाई नेपाली कांग्रेस ठोरीले छ हजार आर्थिक सहयोग प्रदान गरेको थियो। महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.