logo

बीरगंजमा उद्धारकालागि संयुक्त अभ्यास

 इसीमाना सम्बाददाता      २०८१ भदौ १३ गते १५: २५ मा प्रकाशित     259   पटक पढिएको

वीरगञ्ज । बीरगंजमा वर्षाको कारण हुन सक्ने प्रकोपबाट मानवीय क्षतीलाई जोगाउनकालागि संयुक्त उद्धार अभ्यास गरिएको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साको संयोजकत्वमा नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीको सहभागितामा वीरगञ्ज महानगरपालिका–१० मा रहेको घडीअर्वा पोखरीमा संयुक्त उद्धार अभ्यास गरिएको हो ।

 

पर्सा जिल्ला विशेषगरी बाढी, डुबान, नदीकटान र आगलागीको उच्च जोखिममा रहेको छ । जल उत्पन्न प्रकोपको न्यूनीकरणकालागि संयुक्त अभ्यास गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताए ।

 

बिपतको बेलामा गरिने उद्धारको कामलाई प्रभावकारी बनाउन पूर्वअभ्यासले धेरै महत्व राख्ने भूसालले बताए ।

 

संयुक्त उद्धार अभ्यासमा क्रममा नदीमा फसिरहेका सर्वसाधारणलाई उद्धार कसरी गर्ने , नदीमा बीच भागमा रहेका पीडितलाई सुरक्षित स्थानतर्फ लैजान सुरक्षा फौजले कसरी काम गर्ने , पानीको बहाव धेरै भएको बेला कसरी पीडितलाई उद्धार गर्ने भन्ने कुरा देखाइएको थियो ।

 

बीरगंज समुद्री सतहबाट पाँच सय २३ मिटरको औसत उचाइमा रहेको छ ।

 

पर्सामा चुरे क्षेत्र हुँदै बग्ने ओरिया, सिर्सिया, गङ्गोल, नौरङ्गिया, तिलावे, सिक्टा नदीका साथै ठुटेखोला, ओडारखोला सिकारीबास खोला रहेका छन् । मौसमजन्य विपद्अन्तर्गत नेपाल विश्वमा ११औँ स्थानमा पर्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.