logo

मध्य नेपाल महिला पत्रकार पुरस्कार पत्रकार पौडेललाई

 इसीमाना सम्वाददाता     २०८१ भदौ १० गते ०६: ५० मा प्रकाशित     212   पटक पढिएको

वीरगञ्ज । यो वर्षको मध्य नेपाल महिला पत्रकार पुरस्कार पत्रकार निलिमा पौडेललाई प्रदान गरिने भएको छ ।


मध्य नेपाल मिडिया प्रा.लि.द्वारा संचालित मध्य नेपाल सन्देश पत्रिकाको सम्पादक कबिता खड्काको अध्यक्षतामा शनिबार बसेको बैठकले पत्रकार पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

 

मध्यनेपालले हरेक वर्ष मधेशलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका पत्रकार महिलालाई पुरस्कृत गर्दै आएको छ ।


यस वर्षकोलागि वीरगञ्जकी पत्रकार महिला पौडेललाई छनौट गरेको पत्रिकाको सम्पादक खड्काले बताइन् ।

पत्रकार पौडेल विगत १६ बर्षदेखि रेडियो वीरगञ्जमा आबद्ध रही आफ्नो पेशामा निरन्तर लागि पर्दै आइरहकी छन् ।

 

यो भन्दा अगाडी यो पुरस्कारबाट कान्तिपुरकर्मी महोत्तरीकी पत्रकार सुनिता बराल, बाराकी पत्रकार महिला रातो पार्टीकर्मी शारदा पोख्रेल सम्मानित भइसकेका छन् । ११ हजार १ सय ११ रुपैया नगद राशी सहित उनीहरु सम्मानित भइसकेका हुन् ।

यो पुरस्कार पत्रिकाको आठौं वार्षिकोत्सवको अवसरमा आगामी भदौ १२ गते हुने कार्यक्रममा प्रदान गर्ने पत्रिकाको सम्पादक खड्काले बताइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

गैरकानुनी ढंगबाट आर्जन गरेको भन्दै बिशेष अदालतमा गौतम बिरुद्ध मुद्धा दायर

काठमाण्डौ । यातायात व्यवस्था कार्यालय वीरगंजका तत्कालीन प्रमुख विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.