logo

महिलाको नेतृत्वमा सखीखवर.कम प्रकाशनमा, एक कार्यक्रमकावीच भयो प्रारम्भ

 इसीमाना सम्बाददाता      २०८१ भदौ ६ गते १७: ५३ मा प्रकाशित     920   पटक पढिएको

बीरगंज । महिलाहरुको नेतृत्व र सहभागितामा संचालनमा आएको समाचार पोर्टल सखीखबर.कमको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिद्धाने एक कार्यक्रमकावीच प्रारम्भ गरेका छन ।

 नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले ल्यापटपमा इन्टर बटम थिची उक्त अनलाइन पत्रिका प्रारम्भ गरेका हुन् ।सखी, महिलाको साथी संस्थाद्वारा सखीखबर डट कम अनलाइन पत्रिका प्रकाशनमा आएको हो ।

May be an image of 7 people and text
बाराको फेटा गाउँपालिकाको भलुहीको बगैचा कटेजमा कार्यक्रमको आयोजना गरिएको थियो ।

महिलाको नेतृत्वमा संचालीत सखीखबर.कमलाई महिलाहरुको सशक्तिकरण र सीप बिकासकालागि उपयोग गर्नु पर्ने केन्द्रीय सदस्य लामिछानेले बताए ।

 उनले महिलाका बिषयमा सृजनात्मक रुपमा कलम चलाउने र महिलाको बिषयमा पहिचान स्थापित हुने गरि काम गर्न समेत सुझाव दिए ।

 उनले पत्रकारिता भित्र मौलाउदै गएको बिकृति र बिसंगतीको कुप्रभावबाट मुक्त हुन आग्रह गरे ।

कार्यक्रमका सहभागी वक्ताहरुले पत्रकारितामा गरिएको गलत अभ्यासको बारेमा उठाएका प्रश्नहरु गम्भिर रहेको बताउदै उनले पत्रकारलाई पत्रकारिताको मर्म अनुसारको पत्रकारिता गर्न आग्रह गरे ।

May be an image of 7 people, table and text

लामिछानेले पत्रकारिता राष्ट्रको चौथो अंग रहेको तथा पत्रकार व्यतिmगत लाभको लागि नभई सदैव सम्पुर्ण समाजको लागि समर्पित हुनुपर्नेमा जोड दिए ।

 
उनले भने , “हामी राज्यको चौथोको अंग हो तर राज्यको दाना पानी नखाई समाजको लागि न्यायको पक्षमा लाग्छौाँ ।

 एउटा डाक्टरले एउटा मान्छे उपचारको क्रममा मार्यो भने एउटा परिवार र आफन्तलाई पिडा हुन्छ तर हामीले समाचार विगार्यो भने समग्र समाजलाई नै असर गर्छ ।

 त्यसैले पिडामा परेकोलाई न्याय दिलाउने , आवाजविहीनको आवाज बनिदिने र समाजका सरोकार राख्ने विषयवस्तु उठान गरी सकारात्मक पहलको लागि बाटो खोलिदिने भुमीका हाम्रो हो ।

”उनले सत्यतथ्य समाचार सम्प्रेषण गर्न जोड दिएका थिए ।

May be an image of 7 people and temple

सखीखबर डट कम अनलाइनकी उपाध्यक्ष रेनु कुमारी कुश्वाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवाल , पत्रकार उमेश दुवे , फेटा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष आयुब अंसारी , फेटा वडा नम्बर २ का वडा अध्यक्ष नरेश प्रसाद , वडा नम्बर १ का पुर्व वडा अध्यक्ष जयप्रकाश दास,माओवादी केन्द्रका युवा नेता मुकेश साह , जनमत पार्टिकका केन्द्रिय सदस्य तथा वनपैदावार समितिका बारा अध्यक्ष सुरेश साह , विवेकशिल साझा पार्टिका जिल्ला अध्यक्ष डा.शुसिल साह , युवा संघका बारा जिल्ला अध्यक्ष सदाम अंसारी , श्री गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैया बाराका अध्यक्ष रामएकवाल साह, लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

सखी महिलाको साथी संस्थाकी सदस्य पुजा कुश्वाहाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने कार्यक्रममा सहजिकरण सखी संस्थाका कार्यक्रम संयोजक राजेश कुशवाहाले गरेका थिए । कार्यक्रम संचालन पत्रकार माधुरी महतोले गरेकी थिईन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.