logo

भू–उपयोग वर्गीकरण नगरे किताकाँट रोक्ने मालपोत पर्साको चेतावनी,चितवनमा रोकियो कित्ताकाँट

 इसीमाना सम्बाददाता      २०८१ भदौ ६ गते १६: ३२ मा प्रकाशित     649   पटक पढिएको

बीरगंज । बीरगंज मालपोत कार्यालयले पर्साका सबै स्थानीय तहलाई पत्र लेखी कृषियोग्य जमिनको तत्काल बर्गिकरण गर्न अनुरोध गरेको छ ।

 

पर्सा जिल्लामा बहुदरमाई नगरपालिका बाहेक कुनै पनि स्थानीय तहले कृषियोग्य जमिनको बर्गिकरण गर्नु पर्ने कानूनी प्रवन्ध पालना गरेका छैनन ।

 

मालपोत कार्यालयले जग्गाको बर्गिकरण नगरिएमा किताकाँट रोक्ने चेतावनी दिएको छ ।

 

भूउपयोग नियमावली पहिलो संशेधन २०८० अनुसार स्थानीय तहले आफनो सीमाना भित्र जग्गाको संरक्षण गर्न स्थानीय तहले कार्यान्वयन समितिको सिफारिशमा भूउपयोग सम्बन्धी प्रवन्ध प्रारम्भ भएको १ वर्ष भित्रमा चार किला खुलाई कृषि क्षेत्र तोकिसक्नु पर्ने थियो ।

 

तर राजपत्र प्रकाशीत भएको १ वर्ष बिति सक्दा पनि पर्साका स्थानीय तह मध्य बहुदरमाई नगरपालिका बाहेक कसैले पनि यो काम गर्न सकेका छैनन ।

 

उनीहरुको प्रथामिकतामा नपरेर पनि काम नभएको हुन सक्छ । तर यो काम नभए मालपोत कार्यालयले बाध्य भएर कितकाँट रोक्नु पर्ने निर्णय लिने मालपोत अधिकृत डमरु निरौलाले बताए ।

 


०८१ साउन ३१ गतेसम्म भू–उपयोग वर्गीकरण गरी पत्र पठाउनु पर्ने थियो । तर १३ वटाले स्थानीय तहले अझै भू–उपयोग वर्गीकरण नगरेको मालपोत कार्यालय पर्साले जानकारी दिएको छ ।

 

बीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिकाले भू–उपयोग वर्गीकरण गरेका छैनन् ।

 


यसैगरी गाउँपालिकाहरुतर्फमा सखुवाप्रसौनी, ठोरी, जिराभवानी, कालिकामाइ, जगरनाथपुर, पटेर्वासुगौली, धोबिनी, छिपहरमाइ, पकहामैनपुर र बिन्दबासिनी गाँउपालिकाले भू–उपयोग वर्गीकरण नगरेको मालपोत कार्यालयले जानकारी दिएको छ ।

 

 

यता चितवन जिल्लाका सातै स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको छ ।

 

भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० जारी भएको एक वर्षभित्र वर्गीकरण गरिसक्नु पर्ने भए पनि स्थानीय तहहरुले गर्न नसक्दा कित्ताकाटको काम रोकिएको हो ।

मालपोत कार्यालय भरतपुरका प्रमुख रमेश गौतमका अनुसार चितवनका सात वटै स्थानीय तहले वर्गीकरणको काम गरेका छैनन् ।

 

नियमावली विसं २०८० साउन ३२ गते राजपत्रमा प्रकाशित भएको थियो । नियमावलीअनुसार विसं २०८१ साउन ३२ गतेभित्र जग्गा वर्गीकरण गरिसक्नुपर्ने हुन्थ्यो ।

 

जग्गाको वर्गीकरण भइनसकेकाले सरकारले म्याद थपेको अवस्थामा मात्रै अब कित्ताकाट खुल्ने प्रमुख गौतमले जानकारी दिए ।

 

देशभरका एक सय ५३ पालिकाले मात्रै जग्गाको वर्गीकरण गरेका छन् । गौतमले अब नियमावली संशोधन गरेर म्याद थप्नुको विकल्प नरहेको बताए ।



तत्कालका लागि अंशबण्डाकोसमेत कित्ताकाट नहुने बताए । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छन् । कित्ताकाट रोकिएपछि मन्दीको मारमा परेको घरजग्गा कारोबार थप प्रभावित हुने अनुमान गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.