logo

भू–उपयोग वर्गीकरण नगरे किताकाँट रोक्ने मालपोत पर्साको चेतावनी,चितवनमा रोकियो कित्ताकाँट

 इसीमाना सम्बाददाता      २०८१ भदौ ६ गते १६: ३२ मा प्रकाशित     689   पटक पढिएको

बीरगंज । बीरगंज मालपोत कार्यालयले पर्साका सबै स्थानीय तहलाई पत्र लेखी कृषियोग्य जमिनको तत्काल बर्गिकरण गर्न अनुरोध गरेको छ ।

 

पर्सा जिल्लामा बहुदरमाई नगरपालिका बाहेक कुनै पनि स्थानीय तहले कृषियोग्य जमिनको बर्गिकरण गर्नु पर्ने कानूनी प्रवन्ध पालना गरेका छैनन ।

 

मालपोत कार्यालयले जग्गाको बर्गिकरण नगरिएमा किताकाँट रोक्ने चेतावनी दिएको छ ।

 

भूउपयोग नियमावली पहिलो संशेधन २०८० अनुसार स्थानीय तहले आफनो सीमाना भित्र जग्गाको संरक्षण गर्न स्थानीय तहले कार्यान्वयन समितिको सिफारिशमा भूउपयोग सम्बन्धी प्रवन्ध प्रारम्भ भएको १ वर्ष भित्रमा चार किला खुलाई कृषि क्षेत्र तोकिसक्नु पर्ने थियो ।

 

तर राजपत्र प्रकाशीत भएको १ वर्ष बिति सक्दा पनि पर्साका स्थानीय तह मध्य बहुदरमाई नगरपालिका बाहेक कसैले पनि यो काम गर्न सकेका छैनन ।

 

उनीहरुको प्रथामिकतामा नपरेर पनि काम नभएको हुन सक्छ । तर यो काम नभए मालपोत कार्यालयले बाध्य भएर कितकाँट रोक्नु पर्ने निर्णय लिने मालपोत अधिकृत डमरु निरौलाले बताए ।

 


०८१ साउन ३१ गतेसम्म भू–उपयोग वर्गीकरण गरी पत्र पठाउनु पर्ने थियो । तर १३ वटाले स्थानीय तहले अझै भू–उपयोग वर्गीकरण नगरेको मालपोत कार्यालय पर्साले जानकारी दिएको छ ।

 

बीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिकाले भू–उपयोग वर्गीकरण गरेका छैनन् ।

 


यसैगरी गाउँपालिकाहरुतर्फमा सखुवाप्रसौनी, ठोरी, जिराभवानी, कालिकामाइ, जगरनाथपुर, पटेर्वासुगौली, धोबिनी, छिपहरमाइ, पकहामैनपुर र बिन्दबासिनी गाँउपालिकाले भू–उपयोग वर्गीकरण नगरेको मालपोत कार्यालयले जानकारी दिएको छ ।

 

 

यता चितवन जिल्लाका सातै स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको छ ।

 

भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० जारी भएको एक वर्षभित्र वर्गीकरण गरिसक्नु पर्ने भए पनि स्थानीय तहहरुले गर्न नसक्दा कित्ताकाटको काम रोकिएको हो ।

मालपोत कार्यालय भरतपुरका प्रमुख रमेश गौतमका अनुसार चितवनका सात वटै स्थानीय तहले वर्गीकरणको काम गरेका छैनन् ।

 

नियमावली विसं २०८० साउन ३२ गते राजपत्रमा प्रकाशित भएको थियो । नियमावलीअनुसार विसं २०८१ साउन ३२ गतेभित्र जग्गा वर्गीकरण गरिसक्नुपर्ने हुन्थ्यो ।

 

जग्गाको वर्गीकरण भइनसकेकाले सरकारले म्याद थपेको अवस्थामा मात्रै अब कित्ताकाट खुल्ने प्रमुख गौतमले जानकारी दिए ।

 

देशभरका एक सय ५३ पालिकाले मात्रै जग्गाको वर्गीकरण गरेका छन् । गौतमले अब नियमावली संशोधन गरेर म्याद थप्नुको विकल्प नरहेको बताए ।



तत्कालका लागि अंशबण्डाकोसमेत कित्ताकाट नहुने बताए । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छन् । कित्ताकाट रोकिएपछि मन्दीको मारमा परेको घरजग्गा कारोबार थप प्रभावित हुने अनुमान गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.