logo

बर्दिवासमा आयोजीत शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक ,दुई करोड पाँच लाख उठ्यो

 इसीमाना सम्बाददाता      २०८१ भदौ २ गते १४: ४४ मा प्रकाशित     445   पटक पढिएको

महोत्तरी ।  सडक मानव र आश्रयविहीनको व्यवस्थापनका  ‘हाम्रो मायाघर’को  निर्माणको  सहयोगार्थ बर्दिबासमा    आयोजित शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । 


गत साउन २१ देखि २९ गतेसम्म सञ्चालित महायज्ञमा दाताहरुबाट दुई करोड पाँच लाख नौ हजार तीन सय ३२ बराबरको नगद र जिन्सी प्राप्त भएको  छ । शनिबार साँझ शिवपुराण महायज्ञ आयोजक समितिले   पत्रकार सम्मेलन आयोजना गर्दै आयव्यय सार्वजनिक गरेको हो ।


जिन्सीमा सिमेन्ट, इँटा र अन्य निर्माण सामग्री छन् । महायज्ञ सम्पन्न भइसकेयता पनि समितिलाई विभिन्न दाताले पछिल्ला चार दिनबीच  चार लाख ६९ हजार एक सय ४६ नगद उपलब्ध गराएकौ महायज्ञ आयोजक समितिको आर्थिक उपसमितिका संयोजक शम्भुप्रसाद भट्टराईले जानकारी दिए ।


यसैगरी, महायज्ञमा  ३० लाख ५० हजार चार सय ८२ खर्च भएको विवरण समितिले सार्वजनिक गरेको छ । यसमा मण्डप निर्माण, पन्डाल व्यवस्थापन, स्टेशनरी, विद्युत्, अतिथि आवास तथा भोजन, प्रचारप्रसार, सञ्चार, यातायात, पूजा सामग्री र भेटीसहितका खर्च शीर्षक छन् ।


बर्दिबास–२ मा निर्माण थालिएको हाम्रो मायाघरको गत बुधबार मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले शिलान्यास गरे। सार्वजनिक गरिएको आयव्ययबाहेक प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले हाम्रो मायाघर निर्माणमा आवश्यक पर्ने ७१ हजार इँटा उपलब्ध गराउने प्रतिबद्धता जनाए को महायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमले बताए  ।


। बर्दिबास–२ मा दाताहरुबाट प्राप्त पाँच कट्ठा १० धुर जग्गामा हाम्रो मायाघर निर्माण थालिएको छ । यसको निर्माणमा  १० करोड ६९ लाख ४५ हजार खर्च हुने विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ ।


अपाङ्गता तथा बालबालिकामैत्री बन्ने हाम्रो मायाघरका दुई भवन भूकम्प प्रतिरोधी र खानेपानी, बिजुली, शौचालयसहितका आधुनिक सुविधायुक्त हुनेछन् । दुईवटा भवनमा १२ कोठा हुने हाम्रो मायाघर समितिका अध्यक्ष कृष्णप्रसाद गौतमको भनाइ छ ।

 

त्यसमा भोजनालय, अध्ययन, आवास, कार्यालय र बैठककक्षसहित छन् । भवन पाँच वर्षभित्रै सञ्चालनमा आइसक्ने अध्यक्ष गौतमको भनाइ छ । निर्माण थालिएको हाम्रो मायाघरमा दुई सय आश्रयविहीनलाई राख्न सकिने गौतमले स्पष्ट पारे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.