logo

सुनचाँदी ब्यसायी संघमा गैरसदस्यहरु पनि मतदाता सूचीमा, अध्यक्ष भूलन र महासचिव अनिलले गरे चरम बदमासी

 इसीमाना सम्बाददाता      २०८१ सावन ३१ गते १७: ४० मा प्रकाशित     334   पटक पढिएको

आफैले माँग गरेको कागजपत्र नभएका ब्यक्तिहरुको सूची जो मतदाता सूचीमा नाम समावेश गरिएको छ

वीरगञ्ज । नेपाल सुनचाँदी व्यवसायी संघ पर्साले आफैले प्रकाशित गरेको सूचनाको बर्खिलाफ हुने गरि सदस्यता नविकरण गरेपछि बिवाद भएको छ ।

संघले सदस्यता नविकरणकालागि सूचना प्रकाशित गरेर पान नं. दर्ताको प्रतिलिपि, प्राईभेट फर्म दर्ताको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, पासपोर्ट साईजको फोटोसँगै आ.व.२०७९र८० को कर चुक्ताको प्रमाण पत्र माँग गरेको थियो ।


तर बर्तमान अध्यक्ष भुलन सर्राफ र महासचिव अनिल सर्राफले आफैले माँग गरेको कागजपत्र नभएका ब्यक्तिलार्य पनि सदस्यता दिएका छन ।

 

ति सदस्यहरुको बिरुद्ध निर्वाचन समितिमा दावी अन्तरर्गत उजुरी परेको छ । निर्वाच आयुक्त प्रदुम्न यादवले दुबै पक्षलाई छलफलमा सहभागि गराएर निकास खोज्ने बताए । उनले त्यतीगर्दा निकास ननस्किेमा बिधि अनुसार निर्णय लिइने बताए ।

 

आफैले जारी गरेको सूचनाको प्रतिकूल सदस्यता नविकरण गर्नाले अहिलेका अध्यक्ष र महासचिव गमिभर षडयन्त्रमा लागेको पुष्टि हुन्छ । अहिलेका अध्यक्षले संघलाई आफनो मनमौजी संचालन गरिरहेको आम आरोप छ ।

 

साधारण सदस्यले समेत भूलन सर्राफको कार्यशैलीको आलोचना गरेका छन । सर्राफको अनधिकृत र अबैधानिक कामलाई पटक पटक पर्साका प्रमुख जिल्ला अधिकारीले हस्तक्षेप गर्नु परेको छ । आफनै समितिका सचिव लक्ष्मण सर्राफको सदस्यता समाप्त गरेका भूलनले अमानवीय काम गरेको भन्दै तिब्र आलोचना भइरहेको छ ।

नेपाल सुन चाँदी ब्यवसायी संघको सदस्यता नभएको फर्मलाई राष्ट्रबैंक बाट उपलब्ध हुने सुन दिन नमिल्ने प्रावधान रहेको छ ।

 

यस्तो प्रवन्धको नाजायज फाइदा उठाउदै भुलनले आफनै समितिका सचिवको सदस्यता समाप्त गरेर पेशा छाड्न बाध्य बनाउने अमानीय काम गरेको थिए उनको त्यो कामलाई पर्साका प्रमुख जिल्ला अधिकारीले हस्तक्षेप गर्दै खारेज गरिदिएका छन ।

प्रजिअको यो कदम पछि लक्षमण र्साफ सचिवमा पूर्नबहाली भएका छन । भुलनले १५ सदस्यीत कार्यसमितिमा ८ जना बहुमत सदस्यको उपस्थितिमा निर्णय लिने गरेका छन । अन्य ७ जनालाई बैठकको खवर समेत नदिने गरेको सचिव सर्राफले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.