logo

शिक्षक, कर्मचारी सरुवा सम्बन्धी मुद्धामा वीरगंज महानगरलाई सफलता, सरुवा विरुद्धको रिट खारेज

 इसीमाना सम्वाददाता     २०८१ सावन २६ गते ०८: ०८ मा प्रकाशित     365   पटक पढिएको

वीरगंज । शिक्षक तथा कर्मचारी सरुवाको विषयमा वीरगंज महानगरपालिकालाई विपक्षी बनाउँदै दायर भएको रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गरिदिएको छ ।

स्थानीय तहमा कार्यरत शिक्षक तथा कर्मचारी सरुवाको अधिकार स्थानीय तहकै हुने भएकाले सरुवा रोकी पाउँ भन्दै दायर भएको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।


गएको बैशाखमा महानगरपालिकाले महानगर भित्रका विद्यालय सहायक र विद्यालय सहयोगीहरुको सरुवा गरेको थियो ।


धेरै जसो विद्यालय कर्मचारीले सरुवाको पत्र बुझ्दै पठाएको ठाउँमा हाजिर भएको भए पनि आफुहरु महानगरले गरेको सरुवा नमान्ने भन्दै विद्यालय कर्मचारीहरु अनिल ठाकुर हजाम र पृथ्वी प्रसाद चौरसिया सर्वोच्चमा रिट दायर गर्न पुगेका थिए ।


कर्मचारीले माग गरे बमोजिम सरुवा यथास्थितिमा राख्न भन्दै गएको असार १२ गते अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।


शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. मनोज कुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विद्यालयका शिक्षक तथा कर्मचारी सरुवा गर्ने अधिकार स्थानीय सरकारकै हुने आदेश गर्दै महानगर विरुद्ध परेको रिट खारेज गरिदिएको हो ।


रिट खारेज भएसँगै स्थानीय तह अन्तर्गतका शिक्षक तथा कर्मचारी सरुवाका लागि नजिर नै कायम भएको छ । अबदेखि विद्यालयका शिक्षक तथा कर्मचारीले सरुवा सम्बन्धमा गर्ने किचलो अन्त्य भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.