logo

पूर्व भूमिसुधार राज्यमन्त्री रायको हत्यामा उनका सहयोगी सहित दुईजना पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ सावन १४ गते ०८: १८ मा प्रकाशित     447   पटक पढिएको

सर्लाही । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या अभियोगमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार साँझ पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रायका सहयोगी कविलासी नगरपालिका ३ का २५ वर्षीय राम उजैन राय र छिमेकी चन्द्रनगर गाउँपालिका १ रतनपुरका ४६ वर्षीय वीरेन्द्र राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

मलंगवा नगरपालिका ४ का ८१ वर्षीय पूर्वराज्यमन्त्री रायको साउन ७ गते अन्दाजी साढे १२ बजे राति चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित फार्म हाउसमा हत्या गरिएको थियो। रायको उखु काट्ने धारिलो हतियार फर्साले टाउकोको विभिन्न भागमा काटी सुत्ने कोठामा हत्या गरिएको थियो।

मन्त्री रायको हत्याको मुख्य कारण जग्गा सम्बन्धी विवाद रहेको प्रहरीले जनाएको छ। मन्त्री रायले बनाएको दुईकोठे फार्म हाउस मेरो जग्गामा हो भनि छिमेकी वीरेन्द्र रायले पाउने पर्ने माग गर्दै आएको थियो। तर, प्रमाण जुटाउनका लागि वीरेन्द्रले रायका सहयोगी राम उजैनलाई प्रयोग गरेको प्रहरीले जनाएको छ। वीरेन्द्रले सहयोगीलाई झुक्याई उक्त जमिनको नक्साको भिडियो समेत बनाएको प्रहरी उपरीक्षक सिंहले बताउनु भयो ।

मन्त्री रायलाई मारे मात्र जग्गा पाउने दाउमा रहेका वीरेन्द्रले सहयोगीलाई प्रयोग गरेको प्रहरीले जनाएको छ। केही दिन अगाडि वीरेन्द्रले सहयोगी राम उजैनलाई मन्त्री रायको हत्या गरेवापत दुई लाख रुपैयाँ र फार्म समेत बनाई दिन्छु भन्दै प्रलोभन दिएको प्रहरीले जनाएको छ।

वीरेन्द्रको उक्साहट र आर्थिक प्रलोभनमा परी राम उजैनले राय एक्लै रहेको बेला हत्या गरेको प्रहरीले दाबी गरेको छ।

प्रहरीले रायको हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार फर्सा हत्या गरिएको स्थान भन्दा केही पर बाँसको झाङमा फेला पारेको थियो। हत्या गर्ने समयमा राम उजैनले प्रयोग गरेका हाफ पैन्ट ब्याग भित्र लुकाएको अवस्थामा फेला पारेका छन् भने रगत लागेको गन्जी टुक्रा टुक्रा पारी भकुण्डो जस्तो बनाई फालेको अवस्थामा फेला पारेको छ।

पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यस अघि प्रहरीले घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको पोलीग्राफी टेस्ट समेत गरेको थियो। राय राप्रपा पार्टीका पूर्व उपाध्यक्ष र हाल केन्द्रीय सदस्य रहनुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.