logo

पूर्व भूमिसुधार राज्यमन्त्री रायको हत्यामा उनका सहयोगी सहित दुईजना पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ सावन १४ गते ०८: १८ मा प्रकाशित     348   पटक पढिएको

सर्लाही । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या अभियोगमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार साँझ पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रायका सहयोगी कविलासी नगरपालिका ३ का २५ वर्षीय राम उजैन राय र छिमेकी चन्द्रनगर गाउँपालिका १ रतनपुरका ४६ वर्षीय वीरेन्द्र राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

मलंगवा नगरपालिका ४ का ८१ वर्षीय पूर्वराज्यमन्त्री रायको साउन ७ गते अन्दाजी साढे १२ बजे राति चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित फार्म हाउसमा हत्या गरिएको थियो। रायको उखु काट्ने धारिलो हतियार फर्साले टाउकोको विभिन्न भागमा काटी सुत्ने कोठामा हत्या गरिएको थियो।

मन्त्री रायको हत्याको मुख्य कारण जग्गा सम्बन्धी विवाद रहेको प्रहरीले जनाएको छ। मन्त्री रायले बनाएको दुईकोठे फार्म हाउस मेरो जग्गामा हो भनि छिमेकी वीरेन्द्र रायले पाउने पर्ने माग गर्दै आएको थियो। तर, प्रमाण जुटाउनका लागि वीरेन्द्रले रायका सहयोगी राम उजैनलाई प्रयोग गरेको प्रहरीले जनाएको छ। वीरेन्द्रले सहयोगीलाई झुक्याई उक्त जमिनको नक्साको भिडियो समेत बनाएको प्रहरी उपरीक्षक सिंहले बताउनु भयो ।

मन्त्री रायलाई मारे मात्र जग्गा पाउने दाउमा रहेका वीरेन्द्रले सहयोगीलाई प्रयोग गरेको प्रहरीले जनाएको छ। केही दिन अगाडि वीरेन्द्रले सहयोगी राम उजैनलाई मन्त्री रायको हत्या गरेवापत दुई लाख रुपैयाँ र फार्म समेत बनाई दिन्छु भन्दै प्रलोभन दिएको प्रहरीले जनाएको छ।

वीरेन्द्रको उक्साहट र आर्थिक प्रलोभनमा परी राम उजैनले राय एक्लै रहेको बेला हत्या गरेको प्रहरीले दाबी गरेको छ।

प्रहरीले रायको हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार फर्सा हत्या गरिएको स्थान भन्दा केही पर बाँसको झाङमा फेला पारेको थियो। हत्या गर्ने समयमा राम उजैनले प्रयोग गरेका हाफ पैन्ट ब्याग भित्र लुकाएको अवस्थामा फेला पारेका छन् भने रगत लागेको गन्जी टुक्रा टुक्रा पारी भकुण्डो जस्तो बनाई फालेको अवस्थामा फेला पारेको छ।

पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यस अघि प्रहरीले घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको पोलीग्राफी टेस्ट समेत गरेको थियो। राय राप्रपा पार्टीका पूर्व उपाध्यक्ष र हाल केन्द्रीय सदस्य रहनुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.