logo

लागु औषध सहित जीतपुरका साह र अन्सारी पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ सावन १० गते ०८: ५६ मा प्रकाशित     272   पटक पढिएको

वीरगञ्ज । लागु औषध सहित पर्सा प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षका सुरज साह कलवार र सोही ठाउँका २० वर्षीय सलमान अन्सारीलाई पक्राउ गरेको छ ।

 

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ खल्वाटोलबाट प्रतिबन्धित ट्याब्लेटसहित दुईजनालाई पक्राउ गरेको हो ।


प्रहरीले उनीहरुको साथबाट ३८ पत्तामा ५ सय ७० पिस नाइट्राभेट ट्याब्लेट फेला पारेको पर्सा प्रहरीका प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

 

सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले चलाएको जाँच अभियानका क्रममा उनीहरुलाई पक्राउ गरिएको भारतीले बताए ।


शंकास्पद पैदल हिडीँरहेका अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरुले लगाएको जुत्ता र शरीरमा कालो प्लाष्टिक लुकाइछिपाई राखेको अवस्थामा लागु औषध बरामद भएको डिएसपी भारतीले जनाए ।


पक्राउ परेकाहरुमाथि लागु औषधसम्बन्धि कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.