logo

ब्लु डायमन्ड सोसाइटीका अध्यक्षको अनियमितता काण्ड, अख्तियारले थाल्यो छानबिन

 इसीमाना सम्बाददाता      २०८१ सावन ६ गते १६: २९ मा प्रकाशित     308   पटक पढिएको

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको नाममा दातृ निकायबाट प्राप्त अनुदानमा अनियमितता भएको उजुरीमाथि छानबिन सुरु भएको छ।
नील हिरा समाज ९ब्लु डायमन्ड सोसाइटी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपाल ९एफएसजीएमएन० क्रुजएड्स नेपाल, मितिनी नेपाल, क्वेयर ग्रुप, क्याम्पेन फर चेन्ज संस्थाहरूले अनुदान रकममा गरेको अनियमितताबारे छानबिन सुरु भएको हो।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी संस्थाहरूको अपारदर्शी कामको छानबिन गर्ने निर्णय गत जेठ २८ गते नै गरेको जानकारी दिएको छ। आयोगका सूचना अधिकारी देवी प्रसाद थपलियाले छानबिनको निर्णय गरेर महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा फाइल पठाइएको जानकारी दिए।


मन्त्रालयका सचिवलाई लेखी पठाउने निर्णय आयोगले गरेको थपलियाले बताए। अख्तियारबाट छानबिनका लागि फाइल प्राप्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यी संस्थाहरूको अनियमितताबारे छानबिन गर्न समाज कल्याण परिषद्मा पठाउने तयारी गरेको जानकारी दिएको छ।


आफू नगर्ने र अरूले गर्न लागे विरोध गरेर भाँड्ने काममा लागिरहने ब्लु डायमन्ड सोसाइटीको नेतृत्वमाथि युएसएआडी अन्तर्गत एफएचआइ ३६० को सहयोग लिएर हर्मोन खान र यौनाङ्ग प्रत्यारोपण गर्न उक्साएको आरोप समेत लागेको छ।


पैसा हुनेले त हर्मोन खालान्, लिङ्ग परिवर्तन गर्लान्रु के उनीहरू मात्रै तेस्रो लिङ्गी हुने होरु स्वार्थका लागि गठित संस्थाहरूले यस्तो भ्रम फैलाएपछि कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जनले सामाजिक सञ्जालमा कतिपय व्यक्तिले आफ्नो शरीरमा यसको उपयोग नगर्न पनि सक्छन्१ यसको मतलब यो होइन कि उहाँ तेस्रो लिङ्गी नै होइन१ उहाँको मन आत्मादेखि त उहाँ तेस्रो लिङ्गी नै हुन्छ नि होइन ररु भनेर लेखेका थिए।


ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष सञ्जीव गुरुङ ९शीतल, पिंकी० माथि नयाँ शक्ति पार्टीमा आबद्ध हुँदा विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा।लि।को रसिदमा जलविद्युत आयोजनाको सेयर बिक्री रकम अपचलन गरेको समेत आरोप लागेको छ। सेयर भरेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पिंकीले रकम के भयोरु भन्दा जवाफ दिन सकेकी छैनन्। उनी सहित आरोप लागेका संस्थाका नेतृत्व समुदायले गरेका प्रश्नबाट भागिरहेका छन्।


केही मुठ्ठीभर समुदायका हर्ताकर्ता भनिएकाहरूले गर्न नसकेको पहल गर्ने समुदायलाई पक्षपात गरिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको इल्गा एसियाले गर्न लागेको सम्मेलनमा यही स्वार्थ समूहले चाहेका मात्रै सहभागी भएका छन्। समलिङ्गी तेस्रो लिङ्गी घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अघिल्लो दिन नै आयोजना गरेको मिस पिंकमा सहभागीहरूलाई समेत अवसर नदिए पछि असन्तुष्टि छताछुल्ल भएको छ।


मिस पिंकको उपाधि अनमोल राईले पहिरिए पनि विवाद भए पछि फस्ट रनर अप सरोजी न्यौपानेलाई थाइल्यान्ड पठाउने आश्वासन दिएर थमथमाएको पाइएको छ। तर, इल्गा एसियाको सम्मेलनमा सहभागी छनौटलाई लिएर अर्को विवाद भएको छ। इल्गा बोर्डमा ब्लु डायमन्ड सोसाइटीकी कार्यकारी निर्देशक सुवेन ढकाल ९मनीषा० छन्। उनले आफू अनुकूल नाम छनौट गरेको भन्दै समुदायमा तीव्र असन्तुष्टि छ।


समुदायमाथि समुदायकै नेतृत्वले गरेको विभेद, संस्थाभित्रको अपारदर्शिता लगायतमा राज्यको नियामक निकायले छानबिन थालेको हो। छानबिनबाट सत्यतथ्य बाहिर आउने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले विश्वास व्यक्त गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.