logo

डाँका समाउदा स्थानीयको अवरोध, प्रहरीले गोली चलाउदा दुई घाइते

 इसीमाना सम्बाददाता      २०८१ असार २० गते १४: ४६ मा प्रकाशित     216   पटक पढिएको

नेपालगंज । बाँकेमा डाँका चोरी मुद्दामा फरार रहेका एकजना व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ। बिहीबार बिहान डडुवा -६ शिखनपुरूवामा एक जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए।

 

सरमान सिंह सरदारलाई डाँका चोरी मुद्दामा बाँके जिल्ला अदालतले २०७० असार १८ गते ६ वर्ष कैद र १२ हजार जरिवाना फैसला सुनाएको थियो। उनलाई नियन्त्रणमा लिएर ल्याउँदै गर्दा एक्कासि स्थानीयवासीले अवरोध र्पुयाएर प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ।

 

जबाफी कारबाहीको क्रममा प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको थियो। स्थानीयसँग झडप हुँदा प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते छन्। हतियार खोस्न खोज्दा प्रहरीले गोली चलाएको थियो।

 

गोली लागेर ३० वर्षीय नानक सिंह शिखको दायाँ खुट्टामा लागेको डिएसपी डाँगीले बताए। फरार रहेका प्रतिवादी सरमान सिंह सरदारको पनि दाहिने घुँडामा एक राउण्ड गोली लागेको थियो। घाइते तीनै जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.