logo

ब्लू डायमण्डकी अध्यक्षको गम्भिर काण्ड बाहिरियो , आफनै समुदायका मान्छेको लाखौ ठगेको पीडितहरुको आरोप

 इसीमाना सम्बाददाता      २०८१ असार १७ गते १५: १७ मा प्रकाशित     315   पटक पढिएको

काठमाडौं । नील हिरा समाजकी अध्यक्ष सञ्जीव गुरुङ (पिंकी, शीतल) ले जलविद्युत कम्पनीको शेयर खरिद गर्ने भन्दै आफनै समुदायका ब्यक्तिहरुसंग लाखौ रकम उठाई अपचलन गरेको आरोप लागेको छ ।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई शेयर किन्न भन्दै लाखौ रकम उठाएको पाइएको छ ।

विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को नाममा समुदायबाट लाखौँ रुपैयाँ उठाएर अपचलन गरेको गुनासो पीडितहरूले गरेका छन्।


लमजुङ घरभई काठमाडौं धापासी बस्ने गुरुङले जलविद्युत कम्पनीको सेयर भर्ने नाममा लाखौँ उठाएको पाइएको हो। २०५९ साल देखि ब्लु डाइमण्ड सोसाइटीमा फिल्ड वर्करको रूपमा काम गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यसँग ११ हजार देखि लाखौँ रुपैयाँसम्म उठाएर ठगी गरेको आरोप गुरुङमाथि लागेको छ।


ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष गुरुङले २०७४ वैशाख १८ गतेका दिन रसुवा धुन्चे, ५ मा रहेको विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.नामको हाइड्रोपावरमा शेयर खुलेको भन्दै समुदायका सदस्यसँग नगद उठाएकी हुन्। कम्तीमा एक सय कित्ता किनेमा साँवाको ब्याज जोगिने गरी धेरै फाइदा हुन्छ भनी नगद उठाएका उनले सोधखोज गर्नेलाई आजभोलि भन्दै टार्दै आएकी छिन ।


तर, आजको मितिसम्म उक्त हाइड्रोपावर कम्पनीको शेयर नपरेको र साँवासमेत फिर्ता नपाएको पीडितहरूले बताए। पटक पटक भेटी छलफल गर्दा पिङ्की गुरुङ भन्ने सञ्जीव गुरुङ र नागरिकतामा सुदिपा गौतम भएको ट्रान्सम्यान सुदिप गौतमसमेतलाई भेटी छलफल गर्दा नागरिकताको फोटोकपी र २ प्रतिफोटो दिनुस् भनी लिएकोमा हालसम्म पनि त्यो नागरिकता र फोटोको प्रयोग दुरुपयोग के भएको छ सो समेतको जानकारी नपाएको पीडितहरूले भने,साँवा ब्याज फिर्ता गर्नुस् भन्दा आज भोलि गर्दै अल्झाएका छन्।


विवेकशील आदर्श इन्भेस्टमेन्टको शेयर उपलब्ध गराउने भनी विश्वास दिलाई रकम लिएकोमा सो नगरी झुक्क्याई दुःख हैरानी दिने नियतले धोका दिई ठगी गरेकोले कानुन बमोजिम सजाय गरी न्याय पाउन पीडितहरूले माग गरेका छन्।


यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने ब्लु डाइमण्ड सोसाइटीको अध्यक्ष पदमा रहेको व्यक्तिले भनेको ठिक साँचो होला भनी विश्वासमा पारी रकम दिएकोमा सो बमोजिमको कार्य नगरी करिब आठ वर्षसम्म रकम नदिएकोले ठगीमा परेको पीडितहरूले बताएका छन्।


उनले समुदायका सदस्यलाई आफ्नो विरुद्धमा बोले माटोमै मिलाइदिने धम्की समेत दिने गरेको गुनासो पीडितहरूले गरेका छन्। उनीहरूले अब आफूहरू प्रहरी समक्ष उजुरी गर्ने तयारीमा रहेको बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.