logo

बारा पर्साको बिभिन्न स्थानमा भएका कार्यक्रममा १५ महिलासहित २ सय ८ द्वारा रक्तदान

 इसीमाना सम्वाददाता     २०८१ असार १६ गते ०८: ३७ मा प्रकाशित     297   पटक पढिएको

बीरगंज । बारा पर्साको ४ छुट्टाछुट्टै स्थानमा सम्पन्न कार्यक्रमबाट २ सय ८ पोका रगत संकलन भएको छ।


छुट्टाछुट्टै सम्पन्न कार्यक्रमहरुमा १५ जना महिलासहित २ सय ८ जनाले रगतदान गरेका हुन् ।

बढ्दो गर्मीसँगै रक्तसञ्चार केन्द्रमा भएको रगत अभावलाई मध्यनजर गर्दै आकस्मिक रक्ततदान कार्यक्रम आयोजना गरेको आयोजकहरुले जनाएका छन् ।

वीरगन्जमा ११५ स्वास्थ्यकर्मीले गरे रक्तदान

बाराको बिश्रामपुर गाउँपालिकास्थित सामाजिक सेवा नामक संस्थाले आयोजना गरेको कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा लक्ष्मीनारायण सर्राफ, बृजेश प्रसाद कुशवाहा, रुपेश कुशवाहा, दिपक सरार्फ, अभिनाश सर्राफ, सन्नी सर्राफ लगायतका रहेका छन् ।

यसैगरी वीरगञ्ज हेल्थ केयर हस्पिटलको आयोजनामा भएको कार्यक्रममा १ सय १५ जनाले रक्तदान गरेका छन् । स्टार युथ क्लवको सहयोगमा वीरगञ्ज–१४ बहुअरीस्थित आयोजित कार्यक्रममा ७ जना महिलासहित १ सय १५ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा खुश्बु नेशा, नजदा खातुन, राज कुमार साह, सदाम अन्सारी, समिर अन्सारी लगायतकाले रक्तदान गरेका थिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ स्थित वृहस्पति फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए ।

‘सक्षम समाजको निर्माण, सेवा नै हाम्रो अभियान’ को नारासहित कार्यक्रम आयोजना गरिएको थियो । माइस्थान मन्दिर प्राङगणमा भएको कार्यक्रममा ४ जना महिलासहित २९ जनाले रक्ततदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा सुजिता राउत, धिरज गुप्ता, रिसु पटेल, बिजय साह, राज सोनी लगायतका छन् । यस्तै नव जनकल्याण युवा सञ्जाल आर्दशनगर १० को आयोजना सम्पन्न कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा ४ महिलासहित ३८ जनाले रक्ततदान गरेका थिए । रक्तदान गर्नेहरुमा सिद्दीकी कार्की, आरती सिंह, संगीता कुमारी दास, अनिता दोङ, सुशिल कुमार गुप्ता, श्याम प्रसाद लाल, दिपक कुमार कार्की लगायतका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.