logo

एनआई कलेजमा योग दिवस, दश महिला सहित ८१ जनाले गरे रक्तदान

 इसीमाना सम्वाददाता     २०८१ असार ८ गते ०७: १३ मा प्रकाशित     940   पटक पढिएको

बीरगंज । विश्व योग दिवसको अवसरमा नेशनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १० महिलासहित ८१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

 

कलेजका प्रबन्ध निर्देशक एवम् प्रिन्सिपल मनिष सिंहले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कलेजका लेखा निर्देशक काजल सिंह, युवा नेता सुधीर पटेल, युवा नेता महमद निजाम लगायतको पनि कार्यक्रममा उपस्थिति थियो।

No description available.

कार्यक्रममा रामकिशोर (आरके) शर्मा, सुधीर पटेल, श्याम राम, मुकेश यादव, बिकेश कुमार यादव, मुस्कान श्रेष्ठ, अस्मिता चौधरी, अंकिता यादव, कोशिकुमारी, प्रीति कुमारी, साक्षि गुप्ता, तानिया खातुन, रितिका शाह, मुक्ती नेपाल, सीता जैसवाल, रितु कर्ण, महमद अब्दुल वहिद, यवुराज पाण्डे, नाजिर हुसेन, राहुल पासवान, हैदर अली लगायतले रक्तदान गरेका थिए ।

 

 कार्यक्रममा सहभागी भएका सबै रक्तदाताहरुलाई कलेजका प्रबन्ध निर्देशक मनिष सिंह र लेखा निर्देशक काजल सिंहले प्रमाण पत्र प्रदान गरे । वीरगञ्जमा बढ्दै गएको रगतको मागलाई परिपूर्ति गर्न तथा समाजमा रक्तदानको महत्वबारे जनचेतना फैलाउन यो कार्यक्रम आयोजना गरिएको कलेजका प्रबन्ध निर्देशक सिंहले बताए ।

 

रक्तदान कार्यक्रमको आयोजनाबाट कलेजले समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको सिंहको भनाई छ । लेखा निर्देशक सिंहका अनुसार, “रक्तदान जीवनदान हो । कार्यक्रमले धेरै मानिसको जीवन बचाउन सहयोग पु¥याउनेछ ।

 May be an image of 1 person, acupuncture and hospital

रक्तदानले समाजमा भाइचारा र सहयोगको भावना फैलाउँछ । सिंहले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना हनु पर्नेमा जोड दिए । रक्तदानले कुनै पनि धार्मिक, जातीय वा भाषिक सीमाहरूलाई पार गरेर मानवीयताको उदाहरण प्रस्तुत गर्छ उनले भने ।

कलेजका विद्यार्थी तथा शिक्षकहरू पनि कार्यक्रममा सहभागी थिए । यो कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना बढाएको युना नेता महम्मद निजामले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.