logo

शंकराचार्य प्रवेशद्वारा नजिक एक पुरुष्को शव फेला, प्रहरीद्वारा अनुसन्धान शुरु

 इसीमाना सम्वाददाता     २०८१ जेठ २८ गते १०: ५९ मा प्रकाशित     97   पटक पढिएको

प्रतिकात्मक तस्विर

वीरगञ्ज । वीरगञ्जमा एक पुरुषको शव फेला परेको छ । वीरगञ्ज १६ शंकराचार्य प्रवेशद्वार नजिक खुला चौरमा अन्दाजी ३० वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शवको बस्तुस्थिति मुचुल्का गरी पोस्टमार्टमकोलागि नारायणी अस्पतालको शवगृहमा राखिएको छ ।

ति पुरुषको अनुहार रगतले लतपतिएको छ । प्रहरीले कर्तब्यगरि हत्या गरिएको हुन सक्ने भन्दै घटनाको अनुसन्धान शुरु गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

हुण्डीको रकम सहित जीतपुर सीमराका कोइरी पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–७ जितपुर टोल बस्ने अन्दाजी बर्ष ३८ को छठु महतो कोईरीलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको छ ।

लागु औषध गाँजा सहित पटेर्वाका चौधरी पक्राउ

बीरगंज । पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ भथौडाका २३ अवर्षि अमित कुमार चौधरीलाई प्रहरीले लागु औषध गाँजा सहित पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.