बीरगंज । प्रहरीले करिब २७ लाख रुपैया बराबरको समान नियन्त्रणमा लिई आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान बिभाग पथलैयामा पठाएको छ ।
बीरगंज महानगरपालिकाको वडा १४ को गण्डकबाट प्रहरीले एउटा ट्रक नियनत्रणमा लिएको छ ना.३ ख ४५०९ नम्बरको सो ट्रकबाट २६ लाख ५९ हजार रुपैया बराबरका कपडा तथा खुद्रा सामानहरू रहेको पर्सा प्रहरीले जनाएको छ । ट्रक सहित समान पथलैयामा बुझाएको हो ।
आइतबार दिउसो बीरगंज महानगरपालिकाको वडा नं १६ रजतजयन्ती चोक नजिकबाट भन्सार छली ल्याउदै गरेको कपडा प्रहरीले नियनत्रणमा लिएको थियो ।
कपडा ७७ हजार ९ सय ५० रुपैया बराबरको रहेको र त्यो समान पनि आवश्यक कारवाहीकोलागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी केशव कुमार न्यौपानेले जानकारी दिए।
तपाईको प्रतिक्रिया