logo

प्रतिबन्धित लागुऔषधसहित एक भारतीय युवा पक्राउ

 इसीमाना सम्वाददाता     २०८० चैत २१ गते ०८: ४१ मा प्रकाशित     291   पटक पढिएको

वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित भारत बिहारको मोतिहारी थाना हरपुर–२ बस्ने २६ वर्षका राजकरण साहलाई पक्राउ गरेको छ ।

उनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ फुलवारी टोलबाट प्रहरीले पक्राउ गरेको हो ।

बाराको बलिरामपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बिआर ०५ एटी ७३२६ नम्बरको प्लाटिना मोटरसाइकल रोकेर प्रहरीले चेकजाँच गरेको थियो ।


सोही क्रममा साहले मोटरसाइकलको दुवैतर्फ तरकारीको बोराभित्र लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक डिएसपी कुमार बिक्रम थापाले जनाए ।


उनको साथबाट प्रतिबन्धित लागुऔषध नुरफिन २ सय पिस, डाइजेपाम २ सय पिस र फेनारगन २ सय पिस गरी जम्मा ६ सय पिस फेला पारेको डिएसपी थापाले बताए ।

पक्राउ परेकालाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

बैशाख १ गतेदेखी कलैयाको बसपार्क ब्यवस्थित रुपमा संचालनमा ल्याइने

कलैया  । कलैया उपमहानगरपालिकाले वडा नं.४ मा रहेको बसपार्क व्यवस्थित तरिकाले संचालन गर्ने भएको छ।

ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु

वीरगंज । वीरगंजको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.