logo

सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिइएको राजस्व छलीको सामान बीरगंज चलान

 इसीमाना सम्वाददाता     २०८० चैत २१ गते ०८: ५९ मा प्रकाशित     211   पटक पढिएको

बीरगंज । सशस्त्र प्रहरी पर्साले करिव ५ लाख बराबरको राजस्व छलीको समान बरामद गरेको छ ।

 

बिहिबार वीरगंज १६ भन्सार मेनगेट स्थित प्रहरी सीमा सुरक्षा गुल्म वीरगंजबाट खटेको मोबाईल टोलीले सो समान बरामद गरेको हो ।

 

टोलीले अबैध रुपमा भारतबाट भन्सार छलि बिभिन्न सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको करिव ५ लाख मूल्य बराबरको किराना सामान, लत्ता कपडा, काजु, हार्डवयर, खेलौना र कस्मेटिक समान बरामद गरेको हो ।

 

बरामद गरिएको सामान बीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ । यसैगरी आजै प्रहरीले चिनी सहित मोटरसाईकल बरामद गरेको छ ।

 

ना ५ प ८३५ नम्बरको हिरो होण्डा मोटरसाईकलमा ल्याउदै गरेको करिब तीन हजार मुल्य बराबरको ५० केजी चिनी र मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

 

सशस्त्र प्रहरीले हेर्ने बित्तिकै मोटरसाईकल चालकले मोटरसाइकल छाडी भागेकोले सो समान बरामद गरि बीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारत सरकारद्वारा नेपाललाई चालु आर्थिक वर्षमा ७अर्ब भारतीय रुपिया अनुदान दिने घोषणा

काठमाडौं ।  भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

खालिस्तानी समर्थक पन्नु हत्याको कथित षड्यन्त्रको बारेमा अमेरिकाद्वारा भारतसंग अनुसन्धानको अपडेट माँग

नयाँ दिल्ली ।अमेरिकाले खालिस्तानी समर्थक गुरपतवन्त सिंह पन्नुको हत्याको कथित षड्यन्त्रको बारेमा भारतीय अनुसन्धानको अद्यावधिकको लागि लगातार भारतलाई दबाब दिएको बताएको छ।

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

समाज

विपद्मा परी हालसम्म १ सय ३१ को मृत्यु,चार हजार घरपरिवार बिस्थापित

काठमाडौँ।  बाढी, पहिरोलगायतका विपद्मा परी सोमवार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको मृत्यु भएको छ ।

पत्रकार महासंघका प्रदेश महासचिव बन्जरा चढेको गाडी दुर्घटना, अवस्था खतरामुक्त

वीरगञ्ज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा चढेको गाडी दुर्घटनामा परेको छ । महासंघ प्रदेशका महासचिव बन्जारा चढेको गाडी आज दिउँसो जितपुरमा दुर्घटनामा परेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.