logo

बालविवाह अन्त्य गर्न वीरगंज महानगर रणनीतिक योजना बनाउदै

 इसीमाना सम्वाददाता     २०८० चैत २० गते ०८: ३७ मा प्रकाशित     404   पटक पढिएको

बीरगंज । वीरगंजमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना निर्माण अन्तरक्रियात्मक छलफल संचालन भएको छ ।

युनिसेफसँगको सहकार्यमा वीरगंज महानगरपालिकाले जन्मदर्ता र बाल संरक्षण सेवामा केन्द्रीत भएर बालविवाह अन्त्य गर्न रणनीतिक कार्ययोजना निर्माण अन्तरक्रियात्मक छलफल संचालन गरेको हो ।

छलफलको सुरुवातमा बाल संरक्षण, जन्मदर्ता प्राप्त गर्ने तथा नगर्ने बालबालिकाको तथ्याँक र बालविवाहको विषयमा तयार पारिएको समाग्री प्रस्तुत गरिएको थियो ।

छलफलका बीच बाल संरक्षणकालागि वीरगंज महानगर र युनिसेफवीच साझेदारी भएको युनिसेफका बाल संरक्षण अधिकृत कामदेव खनालले जानकारी गराएका थिए ।


छलफलका क्रममा पालिकामा बालविवाहको पछिल्लो अवस्था, बालविवाह रोक्न पालिकाले गरेको प्रयास, आइपर्ने चुनौती, बालविवाह अन्त्य गर्न अवसर र संभावनाका विषयहरु समेटिएका थिए ।

सहभागिहरुले सरकारी जागिर, सरकारी सेवा सुविधाको अपेक्षा वा अन्य बाहनामा जन्मदर्तामा उमेर घटबढ गराउने परिपाटीले थप समस्या भएको भन्दै बच्चा जन्मेकै अस्पतालले तत्कालै जन्मदर्ता गर्ने र त्यसैलाई मान्यता दिने व्यवस्था भए धेरै समस्या समाधान हुने धारणा राखेका थिए ।

 

बालविवाह रोक्ने प्रयास गर्दा भोगेको अनुभवहरु सुनाउँदै सक्रियताका साथ तर्क तथा सुझावहरु राखेका थिए ।

छलफलमा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरु, प्रति वडा ३ जनाका हिसाबले १० वटा वडाबाट ३० जना स्वयंसेवक युवायुवतीहरु सहभागि भएका थिए ।

छलफलमा सहभागि भएका वडा नं. २, ३, १६, १७, १९, २३, २४, २५, २९ र ३२ का स्वयंसेवकहरुले सम्बन्धित वडाका घरघरमा पुगेर बालविवाह विरुद्धको जनचेतनामुलक रेडियो सन्देश बजाएर सुनाउने साथै जन्मदर्ता नभएका बालबालिकाहरुको विस्तृत विवरण भर्नेछन् ।

यसरी आएका विवरणका आधारमा जन्मदर्ता अभियान संचालन गर्ने तयारी गरिएको वीरगंज महानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रन्जना पंडितले जानकारी दिइन् ।


सोही विषयमा केन्द्रीत भएर वीरगंजमा बालविवाह अन्त्य गर्न भोली विहिबार सम्बन्धित वडाका जनप्रतिनिधि तथा महानगरका शाखा प्रमुखहरुको सहभागितामा छलफल गरे पश्चात् बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजनाको मस्यौदा तयार गरिने वीरगंज महानगरले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.