logo

पर्सा र रौतहटमा १९ हजार बिद्यार्थी एसईई परिक्षामा सामेल हुने

 इसीमाना सम्वाददाता     २०८० चैत १४ गते ०९: १३ मा प्रकाशित     335   पटक पढिएको

वीरगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिवार देखी हुदैछ । बिहिबारदेखि सुरु हुने एसईई परीक्षा चैत्र २७ गते मंगलबारसम्म सञ्चालन रहने कार्यतालिका छ ।

यसवर्ष पर्सामा १० हजार २ सय ५३ परीक्षार्थीले एसईई परीक्षामा भाग लिने शिक्षा विकास तथा समन्वय इकाई पर्साका परीक्षा सहायक गोपाल साहले बताए ।

नियमिततर्फ ९ हजार ५ सय २५, प्राविधिकधारतर्फ १ सय ८५ र ग्रेडवृद्धितर्फ ५ सय ४३ जना परिक्षार्थी सम्मिलित हुने छन ।
यो वर्ष पर्सा जिल्लामा २६ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाई समितिले जनाएको छ ।


वीरगञ्ज महानगरपालिकाभित्र १४ वटा विद्यालय र वीरगञ्ज बाहिर १२ वटा विद्यालय गरी जम्मा २६ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाई पर्साका परीक्षा सहायक साहले बताए ।

२६ जना केन्द्राध्यक्ष र ५२ जना सहायक केन्द्राध्यक्ष तोकिएका छन् ।। एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।
यस्तै रौतहटबाट ९ हजार ४ सय ६९ बिद्यार्थी सहभागीता जनाउने भएका छन । रौतहटबाट ४ हजार ५ सय ८ जना छात्र र ४ हजार ९ सय ६१ जना छात्रा सहित ९ हजार ४ सय ६९ जना बिद्यार्थीले भोली देखि हुने एसईइ परिक्षामा सहभागिता जनाउने शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख उपसचिब राम बिनय सिंहले जानकारी दिएका छन ।


रौतहटमा रौतहटमा रहेका १ सय १४ वटा सामुदायिक तथा निजी बिद्यालयका बिद्यार्थीहरुकालागि ३९ वटा परिक्षा केन्द्र तोकिएका छन ।
परिक्षामा ३९ जना केन्द्राध्यक्ष,६२ जना सह केन्द्राध्यक्ष,४ सय ७६ जना निरिक्षक,१ सय ८९ जना परिचर र ५ सय ८५ जना सुरक्षाकर्मी परिचालन हुने सिंहले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.