logo

मदन गुप्ता बिरुद्ध प्रहरी प्रतिवेदन, कारवाहीको माँग,बल भन्सारको कोर्टमा

 इसीमाना सम्वाददाता     २०८० चैत ९ गते १७: ५० मा प्रकाशित     545   पटक पढिएको

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अनधिकृत कारोवारमा संलग्न मदन रुन्चेलाई समेत कारवाहीको माँग गर्दै बीरगंज भन्सारलाई प्रतिवेदन बुझाएको छ ।


प्रहरीले कैयौ पटक बिभिन्न गोदाममा छापामारी गरि समान बरामद गरेको छ । बिभिन्न ठाउमा मालवाहक ट्रक नै पक्राउ गरेको समाचारहरु प्रकाशन भएका छन । तर मालको मालिकका बारेमा कुनै प्रतिक्रिया नजनाउने प्रहरीले यसपटक बीरगंजका मदन रुन्चेको नाम लेखेर कारवाही गर्नु पर्ने प्रतिवेदन लेखेको छ । पर्सा प्रहरीले सम्पादन गरेका काममा यस्तो काम बिरलै मात्र भएको पाइन्छ ।


जुन सकुै सत्ता र जस्तो सुकै कडा प्रशासक आएपनि मदन रुन्चेको काम रोकिदैन भन्ने भाष्य निर्माण भएको थियो । पर्सा प्रहरीको यो कदमले त्यो भाष्यमा बदलाव आउछ की भन्ने आश जगाएको छ ।


पर्सा प्रहरीले ट्रान्सपोर्टका सञ्चालक मदन गुप्तामाथि भन्सार चोरी पैठारी सम्बन्धी कसुर अन्तर्गत कारबाहीको माग गर्दै प्रतिवेदन बुझाए पछि यस्तो आश जागृत भएको चर्चा चलेका हो ।
पर्सा प्रहरीले गुप्ताले सञ्चालन गरेको ट्रान्सपोर्टबाट तस्करीका कपडा बरामद भएको उल्लेख गर्दै उनी र उनको फर्ममाथि आवश्यक कारबाहीको मागसहित प्रतिवेदन बीरगन्ज भन्सार कार्यालयमा बुझाएको प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए।


हिजो हामीले गुप्ताको ट्रान्सपोर्टमा छापामारी ग¥यौं, त्यहा अनाधिकृतरुपमा भण्डार गरि राखिएको तस्करीका कपडा बरामद भयो पर्सा प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले भने “हामीले त्यही मुचुल्का उठायौ गुप्ता र उनको फर्ममाथि आवश्यक कारबाहीको माग गर्दै सबै कागजात बीरगन्ज भन्सार कार्यालयमा बुझाएको छौं ।’ भन्सार चोरी पैठारी सम्बन्धी कसुर अन्तर्गत कारबाहीको माग गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीको टोलीले गएराती जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्ट छापामारी ठूलो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो । ट्रान्सपोर्टमा गरेको छापामारीबाट १८ लाख मूल्य बराबरको कपडा बरामद भएको प्रहरी भनाइ छ ।
आर्दशनगरस्थित गोविन्द वर्णवालको घर भाँडामा लिएर सञ्चालन गरिएको जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टबाट तस्करीका १३ पोका कपडा बरामद भएको प्रहरी प्रवक्ता थापाले जनाए ।

चोरी पैठारी गरी अनाधिकृतरुपमा कपडा भण्डारण गरिएको आएको सूचनाबमोजिम छापामारी गर्दा ट्रान्सपोर्टको गोदामबाट भन्सार छलीका सामान बरामद भएको प्रहरी प्रवक्ता थापाको भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.