logo

बीरगंज कलेजमा बिश्व मुद्रा सप्ताह,जागीर खान होइन उद्यमी बन्न अध्ययन

 इसीमाना सम्वाददाता     २०८० चैत ८ गते ०८: २८ मा प्रकाशित     460   पटक पढिएको

बीरगंज । बरिष्ट चार्टड एकाउण्टेन्ट अरविन्द खेतानले पैसा कमाउन अध्ययन संगसगै परिश्रम पनि गर्नु पर्ने बताएका छन । बीरगंज कलेजले ग्लोबल मनी (विश्व ब्यापी मुद्रा सप्ताह)को अवसरमा आयोजना गरेको सिकाई कमाई बचत बिषयक कार्यक्रममा खेतानले यस्तो बताएका हुन ।

 

उनले रुची अनुसारको अध्ययन र काम गर्दा सफलता पाउने बिचार ब्यक्त गरे । उनले आफ्नै साथीको उदहारण दिदै कम पढेको भएता पनि आफनो कामप्रति एकाग्रताका साथ लागेकोले अहिले करोडौं रुपैया कमाउन सफल भएको बताए ।

May be an image of 1 person and crowd

उनले आवश्यकताको प्रभावकारी आपूर्ती गर्दा बचत गर्न सकिने बिचार ब्यक्त गरे । कार्यक्रममा कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरीले जागीर खाने सोचले अध्ययन गर्नु भन्दा पनि उद्यमी बन्ने सोच राख्नु ठिक हुने सुझाब दिए ।

उनले ब्यवस्थापनमा घाटा भन्ने शब्दावली अव नरहेको चर्चा गरे । ब्यवस्थापनमा कि नाफा हुन्छ कि सिकाई हुन्छ चौधरीले भने घाटा हुदैन त्यसैले अव जागीर खाने मात्र उद्धेश्य होइन उद्यमी बन्ने उद्धेश्य लिनु पर्छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछानेले कलेजले अध्यापन संगै सिक्दै जाने कमाउदै जाने र अन्तमा कसरी बचाउने भन्ने बारेमा विद्यार्थीहरुलाई सिकाउने काम गरेकोमा आफुलाई धेरै खुशी लागेको बताए ।May be an image of 10 people, suit and text

विद्यार्थीहरुलाई ब्यावहारीक ज्ञान देखि सीप मुलक ज्ञानहरु दिने गरेकोमा बीरगंजमा बीरगंज कलेज नमुना कलेजको रुपमा स्थापित भएको बताए । उनले बैध रुपमा कमाउने र खर्चमा तिब्ययी हुने कुरामा ध्यान पुर्याउन आवश्यक रहेको बताए ।

यस वर्षको )ग्लोवल मनी )कार्यक्रममा विश्व ब्यापी मुद्रा सप्ताहको नारा ( पोरोटेक्ट योर मनी सेकुयोर योर फ्यूचर) अफनो पैसा जोगाई भविष्य सुरक्षीत पारौ भन्ने रहेको छ ।

May be an image of 6 people, suit and text

डिजीटल युगको यो अवस्थामा पैसा जोगाउन सचेत हुनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा कलेजका प्रमुख विनोद गुप्ता ,सानिमा बैंकका प्रबन्धक राजकुमार ,राष्ट्रिय सहकारी बैंकका प्रबन्धक संजय कुमार महतो,क्याम्पस प्रशासन प्रमुख सुरेश चौधरी ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पठाकोटे मगर ,जगत राई,प्रेस सेन्टर ,एनपी डेलीका मनोज पटेल ,डिके जैसवाल र सौरभ सर्राफ लगायतले आ,आफ्नो धारणा राखेका थिए । भने कार्यक्रमको सहजिकरण कृष्ण पासवानले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.