logo

स्रोत नखुलेको रकम सहित कलवार पक्राउ

 इसीमाना सम्वाददाता     २०८० चैत ५ गते १६: ०८ मा प्रकाशित     375   पटक पढिएको

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६ लाख नेपाली रुपैया सहित एकजनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका १६ दुर्गाहल पछाडीको गल्लीबाट रकमसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

 

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ६ घर भई हाल वीरगञ्ज १६ बस्ने ५० वर्षीय रामबाबु साह कलवारलाई पक्राउ पक्राउ परेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।


उनले बोकेको झोलाबाट एक हजार दरका ३३५ थान, ५०० दरका नोट ६८२ थान गरी ६ लाख ८२ हजार रुपँया बरामद गरेको डिएसपी थापाले बताए ।


यस्तै भारतीय प्रतिबन्धित ५०० दरका नोट ५६ थान, भारतीय रुपैँया २८ हजार र विभिन्न बैँकहरुको चेकबुक १९ थान र मोबाइल फोनसमेत फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि बैँक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

ढाँटेको कुरा काटे मिल्दैन, आलोचना बढ्दै गएपछि मन्त्री लेखीे झूठको खेती गर्दै

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य मधेश सरकारका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखी यतिवेला झूठको खेतीमा ब्यस्त छन ।

स्वास्थ्य अधिकृत ठाकुर प्रहरी नियन्त्रणमा, छलफल निष्कर्ष बिहिन

वीरगन्ज । स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतवार पत्रकारहरुलाई दुर्ब्यहार गरेको भन्दै उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र ब्यवहार गरेको भन्दै उजुरी परेको थियो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.