logo

पत्रकार खानलाई बिभिन्न संगठनको सम्मान, मुस्लिम परम्परा अनुसार अन्त्येष्टी

 इसीमाना सम्वाददाता     २०८० फागुन २४ गते ०७: ३४ मा प्रकाशित     485   पटक पढिएको

वीरगंज । बीरगंजका पत्रकार नेहाल खानको मुस्लिम परम्परा अनुसार आर्दशनगर स्थित कव्रिस्थानमा अन्त्येष्टी गरिएको छ । पत्रकार खानको बुधवार राती निधन भएको थियो । उपचारको क्रममा उनको निधन भएको थियो ।


खानको पार्थिव शरिरमाथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव एवं प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मधेश प्रदेशका सहइन्चार्ज श्याम बन्जारा, पर्साका अध्यक्ष बिजय भण्डारी, सचिव राकेश साह साह,कोषाध्यक्ष संतोष पटेल,सदस्य आरोहण साह, राजन रौनियार,मन्सुर खान,आशिक अंसारीले प्रेस चौतारीको झण्डा ओढाएर सम्मान सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

यसैगरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,कोषाध्यक्ष संजिव मिश्र लगायतको टोलीले पनि खानको पार्थिव शरीरमा महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

यस्तै नेपाल मुस्लिम पत्रकार समाजका अध्यक्ष मन्सुर खानले समेत आफनो संघको झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गरेका थिए । गत सोमबारदेखि अस्पतालको आइसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राती सवा १० बजेतिर मृत्यु भएको थियो ।

 

प्रेस चौतारी नेपाल पर्साका सदस्य रहेका खान झण्डै दुई दशक भन्दा बढी समय देखि वीरगन्जमा सक्रिय पत्रकारिता गर्दै आएका थिए ।

 

५२ बर्षिय खान वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका स्थायीबासी हुन्।कोभिड महामारीका बेला कोरोनाको चपेटामा परेर सिकिस्त भएका खान अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपनि उनको छाती र फोक्सोको
समस्या पूर्णरूपमा निको भएको थिएन।

 

खानकी पत्नि अजमा खातुनपनि क्यान्सर रोगबाट ग्रसित भई उपचाररत छिन्।भरतपुर क्यान्सर अस्पतालमा उनकोपनि करिब ६ महिनादेखि उपचार चलिरहेको छ।खानका दुई छोरी र दुई छोरा छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.