logo

बीरगंजमा कर्फ्यू ,आदेश उल्लंघन नगर्न स्थानीय प्रशासनको अपिल

 इसीमाना सम्वाददाता     २०८० फागुन ७ गते ०८: ०४ मा प्रकाशित     449   पटक पढिएको

तस्विर पत्रकार जियालाल साहको सामाजिक संजालबाट लिइएको हो -सम्पादक

वीरगन्ज। स्थानीय पशासनले कर्फ्यू आदेश जारी गरेपछि वीरगंजको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेपछि महानगरपालिकाका विभिन्न स्थानहरुमा कर्फ्यू आदेश जारी गरेको छ ।

 

स्थानीय प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरेको छ । नेपाल प्रहरीका तर्फबाट र सशस्त्र प्रहरीका तर्फबाट गरि एक बजार प्रहरी खटाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् निमित्त प्रहरी प्रमुख कुमारबिक्रम थापाले जानकारी दिए। ।


रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा टोलमा सरस्वती माताको मूर्ती बिर्सजनका क्रममा उत्पन्न बिवाद र त्यसले हिन्दु समाज असुरक्षीत हुदै गएको भन्दै सो को बिरुद्धमा हिन्दु समाजले सोमवार बीरगंज बन्दको आव्हान गरेको थियो । बन्दकर्ताहरुले बन्द आव्हान गर्दै बीरगंजका बिभिन्न स्थानमा प्रर्दशन गरेका थिए ।

 

सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्नु परेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
 

सोमवार दिउँसो बीरगन्जको फरकफरक स्थानमा भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ११ जना प्रहरी घाइते भएका छन् । त्यस्तै केही प्रर्दशनकारीहरु पनि घाइते भउका छन । प्रहरीले भीड नियन्त्रण गर्न केही थान अश्रुग्यास समेत प्रहार गरेको थियो ।

सामेवारै हिन्दू समाजले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

१५ वर्षदेखि हिन्दूमाथि आक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ, आफ्नै देशमा हिन्दू असुरक्षित छन् । अब प्रशासनले त्यस्तो व्यक्तिलाई कारबाही गरेन भने हामी हिन्दू समाजले त्यस्ता व्यक्तिलाई देश निकाला गर्छौ । अब धैर्य राख्ने क्षमता हामीसंग छैन्,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपज्ञ बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थानीय प्रशासन प्रभावकारी सुरक्षा ब्यवस्था मिलाउन प्रतिवद्ध रहेको बताए । प्रशासनका अनुसार पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कफ्र्यू आदेश जारी भएको हो ।


कफ्र्यू आदेश जारी गरेको ठाउँमा ह्ड्डिुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुन लगायतका उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको प्रजिअ भुसालले जनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.