logo

बेरोजगार उत्पादन गर्ने नेपालको शिक्षा नीतिमा आमुल परिर्वतन जरुरी छः अहमद

 इसीमाना सम्वाददाता     २०८० फागुन ६ गते ०९: ४२ मा प्रकाशित     1455   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमदले नेपालको शिक्षा नीतिमा आमूल परिर्वतनको खाँचो रहेको बताएका छन ।

 

लिभिङ विथ इन्भायरन्मेन्टले आइतवार बीरगंजको पब्लिक कलेजमा आयोजना गरेको “बीरगंज भूत बर्तमान भविष्य”बिषयक अन्तरसम्वाद कार्यक्रममा यस्तो बताएका हुन ।

 

उनले नेपालको शिक्षाले बेरोजगार मात्र उत्पादन गरेको आरोप लगाए । उनले नेपालको शिक्षा दुई वर्ग उत्पादनमा केन्द्रीत रहेकोले राज्यले शिक्षाको जिम्मेवारी लिनु पर्ने त्यसकोलागि शिक्षा नीतिमा आमूल परिर्वतन आवश्यक रहेको बताए ।


बिगतमा लामो समय शिक्षण पेशमा रहेका अहमदले शिक्षा परिवार समाज र राष्ट्रको प्रथामिकतामा पर्न नसकेको गुनासो गरे । उनले शिक्षा बिकासको मुल आधार भएकोले शिक्षामा परिवारका साथै राज्यको लगानी बढाउनु जरुरी रहेको बताए ।

 

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य बिना जयसवालले वतावरणको संरक्षण र नागरिकको बिकासको चाहना पुरा गर्ने कुरामा आफूले प्रतिनिधि सभाकामा कुरा उठाउदै आएको बताइन । कार्यक्रममा डा.सुष्मा तिवारीले तीन तहको सरकारले शिक्षाको गुणात्मक बिकासकालागि ध्यान नदिएको बताइन ।

 

बीरगंज महानगर भित्रका ९० वटा सरकारी बिद्यालयको अनुगमनको अनुभव सुनाउदै द्विवेदीले पूर्वाधार निर्माणमा स्थानीय सरकारको ध्यान नगएको बताइन । कतिपय बिद्यालयमा शौचालय नरहेको सुनाउदै द्विवेदीले शैक्षीक वतावरण यस्तै रहे भविष्य झनै नाजुक हुने बताइन ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले पूर्वाधार निर्माणको काम मात्र बिकास हो भन्ने बुझाईमा परिर्वतन जरुरी रहेको बताए । उनले भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुने चर्चा गरे ।

उनले आवश्यकताको पहिचान, योजनाको निर्माण , कार्यान्वयन , अनुगमन मूल्यकांन र प्रतिफलको समान बितरणको प्रक्रिया पुरा हुदा मात्र बिकासको अवधारणले मूर्त रुप पाउने बताए ।

 

उनले जनसहभािगता मुलक बिकासको अवधारणलाई बंग्याएको चर्चा गर्दै नीति त ठिक थियो तर नियत ठिक नभएकोले अनियमितता बढेको बताए ।

कार्यक्रममा युवा उद्यमी अनुप अग्रवाल, सिद्धार्थ माध्यामिक बिद्यालयका प्रधानाध्यापक रमेश मिश्र पत्रकार बिमला गुप्ता लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण आकाश चौहानले गरेका थिए ।


यसैवीच संस्थाको तर्फबाट कार्यक्रमका अतिथिहरुलाई स्मरण पत्र बुझाइएको थियो । पत्रमा बीरगंजमा पर्यटकको हितका निम्ति सुविधा सम्पन्न शौचालयको आवश्यकता रहेको उल्लेख छ ।

त्यस्तै शहरमा खुला ठाउमा माछा मासुको बिक्री बितरण गर्नाले शहरको बैभवको छवि खल्लो पार्ने भएकोले यो समस्याको हल खोज्न सुझाव दिइएको छ । शैषीक संस्थानको वरिपरि रहेका धु्रमपानयुक्त पसलहरुलाई ब्यवीस्थत गर्न सुझाव दिइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.