logo

स्व.बिहारीलाल लाठ कर्मवीर सम्मानबाट बीरगंजका अग्रवाल सम्मानीत

 इसीमाना सम्वाददाता     २०८० फागुन ६ गते ०९: १६ मा प्रकाशित     581   पटक पढिएको

बीरगंज । रिलिफ सोसाइटी अफ कर्मशले प्रदान गर्ने स्व.बिहारीलाल लाठ कर्मवीर सम्मान बाट यस वर्ष बीरगंजका समाजसेवी फूलचन्द अग्रवाल सम्मानीत भएका छन ।


आइतवार  स्व.लाठको १२ औं वार्षिक पून्यतिथिको अवसरमा आयोजीत एक कार्यक्रमकावीच बीरगंजका  स्थापित डाक्टर राअवतार खेतानले अग्रवाललाई सम्मानीत गरेका हुन ।


अग्रवालले बितेको ४० वर्ष देखी बीरगंजका रोगी र दिन दुखीका निम्ति सेवा दिदै आएका छन । सेवा गरे वापत अग्रवालले कुनै शुल्क लिने गरेका छैनन ।

May be an image of 4 people, dais and text

बिहान खाना खाएर रक्सौल जान्छन दिन भरि रक्सौलको अस्पतालमा जाने नेपाली बिरामीहरुकोलागि आवश्यक कागजपत्र बनाउने चिकित्सक सेवाकालागि पहल गर्ने आवश्यक औषधीमुलो ब्यवस्था गर्ने गर्छन ।

बिगत ४० वर्षदेखीको दिनचर्या नै अग्रवालजीको यही हो रिलिफ सोसाइटी अफ कमर्शका महासचिव गणेश लाठले उनको बारेमा एक श्वासमा भने । उनले नामकालागि दामकालागि यो सेवा गरेका होइनन ।

सामाजिक कार्यमा यति महत्वपूर्ण योगदान गरेका अग्रवाल छायामै थिए रिलिफले खोजेर ल्याएर यो सम्मान प्रदान गर्न सकेकोमा उनले सन्तोष ब्यक्त गरे । लाठले भने हामीले एकदमै राम्रो गरेको भनेर दावी त गर्र्दैनौ तर निष्ठा र इमानका साथ राम्रो प्रयास भने गरेका हौ ।

May be an image of 1 person and text
सोही कार्यक्रममा भोजपुरी भाषको बिकासमा बिगत ४० वर्ष देखी अनवरत रुपमा क्रियाशिल प्रितम सिंह ठकुरीलाई पनि कार्यक्रममा सम्मान गरियो ।

भाषको संरक्षणमा ठकुरीले गरेको योगदानको कार्यक्रममा वक्ताहरुले खुलेर प्रशंसा गरे । ठकुरीले भोजपुरी गीत सुनाए । उनले सम्मानीत भए पछि भने“मैले ५० वर्ष सम्म गरेको योगदानको सम्मान भयो म निकै खुशी छु” ।


कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिने बेला अग्रवाललाई पनि सम्मानीत गरिएको थियो ।


कार्यक्रममा राधा देवी बृजलाल लाठ ट्रष्टका तर्फबाट स्वरोजगार महिलाहरुलाई सिलाई मेशीन उपलब्ध गराइएको थियो ।
कार्यक्रममा पूर्वमंत्री ओमप्रकाश शर्मा , नेपाल उधोग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी लगायतले स्व. बिहारीलाल लाठको योगदानको चचाृ गरेका थिए । कार्यक्रम सोसाइटीका अध्यक्ष योगेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.