logo

कृपा दैनीकको २१ औं बार्षिकोत्सव सम्पन्न, ठाकुर, महत र पोख्रेल पुरस्कृत

 इसीमाना सम्वाददाता     २०८० फागुन ५ गते १०: ४४ मा प्रकाशित     667   पटक पढिएको

निजगढ । निजगढ,बाराको निजगढमा कृपा दैनिक पत्रिकाले शनिबार एक बिशेष कार्यक्रमको आयोजना गरी २१ औं बार्षिकोत्सव मनाएको छ ।

 

प्रेस काउन्सीलमा अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आथित्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कृपा दैनिक पत्रिकाले स्थापना गरेको दुई पुरस्कार उमादेवी स्मृति पत्रकारिता पुरस्कारबाट रौतहटका पत्रकार फणी महत र सर्लाहीका पत्रकार ओम प्रकाश ठाकुर पुरस्कृत भए ।

 

चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार बाराकी पत्रकार शारदा पोखरेललाई प्रदान गरिएको छ ।


कार्यक्रममा पुरस्कार राशी प्राप्त गर्ने सर्लाहीका पत्रकार ओमप्रकाश ठाकुरले अर्का पत्रकार अन्नपूूर्ण पोष्टका रौतहट सम्वाददाता उपचाररत फणिदेव महतलाई हस्तान्तरण गरेर मित्रताको अनुपम उदाहरण प्रस्तुत गरे ।

 

ठाकुरको यो काम पून्यको काम भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले बताए । कार्यक्रममा राकेश पाण्डेय, पुष्प खतिवडा र महेश्वर अधिकारीलाई पृपा दैनीकले सम्मान गरेको थियो ।


कार्यक्रममा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवं प्रतिनिधि सभाका सदस्य अच्यूत मैनाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाई, निजगठ नगरपालिकाका प्रमुख सुरथ पुरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, रुद्र धिताल , नेकपा माओवादी केन्द्रका सन्तोष दंगाल नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी , समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सम्पादक गोकुल घोरसाइनेको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशक कमल उपाध्यायले स्वागत र कृष्णउदास खनालले कार्यक्रमको संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.