logo

अध्यागमनका हाकिम गोद्ने प्रहरी पुरस्कृत, डिआइजी चन्दको भयो सरुवा

 इसीमाना सम्वाददाता     २०८० माघ २६ गते ०५: १७ मा प्रकाशित     334   पटक पढिएको

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा अध्यागमन अधिकृतलाई गोद्ने गर्ने तीनजना प्रहरी नगदसहित पुरस्कृत भएका छन् ।

 

विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले उनीहरुलाई नगदले पुरस्कृत गरेका हुन । प्रहरी नायब निरीक्षक प्रकाश चौधरी १२ सय, प्रहरी सहायक निरीक्षक सन्जय तामाङ ११ सय र प्रहरी जवान रविजंग गुप्ता ८ सय नगदसहित पुरस्कृत भएका हुन।


उनीहरुलाई पुरस्कृत गरिएको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्र पठाइएको स्रोतले बतायो ।

विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत शाखा अधिकृत छायालाल मोक्तानलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो । शुक्रबार ड्युटी सकेर निस्किने क्रममा प्रहरीले खानतलासी गर्न खोज्दा विवादित छविका छायालालले प्रहरी जवानलाई असहयोग गरी गाली गरेपछि विवाद भएको थियो ।

 

उक्त विवाद हुँदा उनले सुरुमा लात्तीले प्रहरीलाई हानेको सिसिटिभी फुटेजमा देखिएको छ । यसैवीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा भएको छ ।

 

गृह मन्त्रालयले चन्दलाई विमानस्थलबाट प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा काज सरुवा गरेको हो । प्रदेश समन्वय विभागको प्रमुखमा हाल एआईजी सुदिप गिरी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.