logo

माघीको अवसरमा पर्सा जिल्लाका बिभिन्न स्थामा महोत्सव हुने, बीरगंजको आदर्शनगरमा सबैलाई ,थारु समुदायको निम्ता

 इसीमाना सम्वाददाता     २०८० पौष २९ गते ०४: ०० मा प्रकाशित     447   पटक पढिएको

वीरगञ्ज । माघी मूल समारोह समिति पर्साले थारु माघी समारोह २०८० कार्यक्रम आयोजना गर्ने भएको छ । भोली माघ १ गते कार्यक्रमको आयोजना गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।

वीरगञ्जको आर्दशनगरस्थित पुरानो बसपार्कमा विभिन्न कार्यक्रमको आयोजना गरी माघी महोत्सव मनाइने तयारी गरिएको शेखर चौधरीले जानकारी दिए ।


आदीवासी थारु समुदायको माघी (खिचडी) पर्व तथा थारु समुदायको नयाँ वर्ष पनि हो । थारु सम्वत्ः २६४८ अवसरमा पर्सामा थारु समुदायको सास्कृतिक मूल्य मान्यताको संरक्षण र प्रर्वद्धनकालागि महोत्सव संचालन हुदै आएको र त्यसलाई निरन्तरता दिइएको कार्याक्रमको आयोजना गरिएको समितिका संयोजक शेखर चौधरीले बताए ।

 

उनका अनुसार आम समुदायको जीवन रक्षा गर्ने हेतुले सोही दिन रक्तदान कार्याक्रम समेत आयोजना गरिएको छ । माघ १ गते बिहान घण्टाघरदेखि पुरानो बसपार्क थारु सस्ंकृति झल्कने झाँकीसहित प्रभातफेरी निकाल्ने तयारी छ ।

 

कार्याक्रममा थारु सस्ंकृति झल्कने घाँटो, सामाचकेवा, झम्टा,थारु पूर्वि नाच, थारु समुदायका बालबालिकाको थारु नाच, कला प्रदर्शनी, थारु खानाका परिकारहरु घोंङ्गी, केकडा, माछा, परेवा,हाँस, कुखुरा, चिचर, भुजा र तिलको लड्डुका स्टलहरु राखिने सास्कृतिक समितिका संयोजक बिजया ओझैयाले बताइन ।

 

समितिका संयोजक शेखर चौधरीको संयोजकत्वमा भएको पत्रकार सम्मेलनमा प्रचार प्रसार संयोजक शम्भु महतो थारु, दिपेन्द्र चौधरी, बिजया ओझैया, नन्दकिशोर पञ्जियार, मनोज चौधरी लगायतको सहभागिता थियो । कार्याक्रमको सञ्चालन पुनम चौधरीले गरेकी थिइन ।

 

यसैबिच पर्सा जिल्लाका पाँच स्थानमा यसवर्ष माघी महोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । वीरगञ्ज महानगरपालिकासहित पर्साको पटेर्वासुगौली गाउँपालिका, जीराभवानी गाउँपालिका, पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाँउपालिकामा माघी महोत्सव मनाउने तयारी भईरहेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.