logo

सहकर्मी बलात्कार प्रयासको आरोप लागेका पोखरिया नगरपालिकाका सफाई कर्मचारी हजरा फरार

 इसीमाना सम्वाददाता     २०८० पौष १ गते ०२: ५७ मा प्रकाशित     515   पटक पढिएको

पोखरिया । सहकर्मी बलात्कार प्रयासको आरोप लागेका पोखरिया नगरपालिकाका सफाई शाखाका नाइके रामवली हजरा फरार भएका छन ।

 

उनी बिरुद्ध कार्यालयमै कार्यकरत महिला कर्मचारीले जर्ववस्ती करणीको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी दिएपछि उनी फरार भएका हुन । हजार बिरुद्ध बलात्कार प्रयास गरेको भन्दै प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान शुरु गरेको प्रहरी नीरिक्षक मोहन बिक्रम के.सी.ले जानकारी दिए ।


पीडित महिला र उनको श्रीमानले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय पोखरियाले जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेको के.सी.ले बताए ।
पीडित महिलाबाट जाहेरी प्राप्त भएलगत्तै मुद्दा दर्ता गरेर पीडिक हजरालाई खोज्न टोली खटाइसकेको छ ।

प्रहरीका अनुसार मुद्दा दर्ता भएपछि पीडक फरार भएका छन् ।

गएको शुक्रवार राती हजराले महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेका थिए । सफाई शाखाका कर्मचारी बिनोद पाण्डेले ति महिला कर्मचारीलाई राती नौ बजेको समयमा कार्यालयमा बोलाएका थिए । रातको समयमा कार्यालमाय आउन आनाकानी गरेपछि श्रीमानको जागीर खाईदिने धम्की दिइएको पीडित महिलाका आफन्तले बताए । धम्की दिएका कारण कार्यालय गएकी ति महिलालाई हजराले माथिललो कोठाको सफाई गर्ने बाहनामा माथि लगी बलात्कार प्रयास गरेका थिए ।

यसैवीच पोखरिया नगरपालिकाले पनि घटना भएपछि यसको वास्तविकताको छानविन गर्ने बताएको छ । आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाले छानविन समिति गठन गरेर वास्तविक कुरा बाहिर ल्याउनु जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलनमा भनेको छ– जोसुकै दोषी देखिए त्यसलाई कानुनी दायरामा ल्याउने छौं ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.