logo

परवानीपुर हनुमानचोक स्थित भैसीको प्रतिमा तोडफोड आरोपमा छ जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८० मंसिर ३० गते ०४: ५८ मा प्रकाशित     727   पटक पढिएको

बीरगंज । बीरगंज महानगरपालिकाले वडा नं २१ परवानीपुरमा लगाएको भैसीको प्रतिमा तोडफोड गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउपर्नेमा कृष्ण चौरसिया,पवन श्रीवास्तव,राजन महतो ,सौरभ पटेल ,राकेश उपाध्याय र सागर साह कानु रहेका छन । उनीहरुलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ ।


परवानीपुरको हनुमान चोकमा लगाईको भैसीको प्रतिमाप्रति शुरुदेखी नै असहमती प्रकट भएका थिए । स्रोतका अनुसार महानगरले प्रतिमा हटाउने आश्वासन दिएकोपनि थियो तर लामो समय बित्दा समेत प्रतिमा नहटाइएपछि स्थानीयले प्रतिमा तोडफोड गरि हटाएका हुन । बीरगंज महानगरका बिभिन्न स्थानमा बिभिन्न जातका जनावरहरुको प्रतिमा लगाइएको छ ।

के आवश्यकताका कारण ति प्रतिमा लगाइयो र त्यसले बीरगंज महानगरलाई फाइदा के हुन्छ ? भन्ने बिषय पनि अहिले बहसमा आएको छ । जनमत पार्टी पर्साका अध्यक्ष ओमप्काश् सर्राफले समाजिक संजाल मार्फत तानाशाही चल्दैन बजेट दुरुपयोग गर्न पाइदै भन्दै खवरदारी गरेका छन । उनले पक्राउ गरिएकाहरुलाई तत्काल रिहा गर्न माँग गरेका छन ।

 

यस्तै बीरगंज महानगरपालिका वडा नं २० का वडाध्यक्ष रामकिशोर सिंह “पराग”ले पनि आफनो सामाजिक संजाल मार्फत पक्राउ गरिएका युवाहरुलाई सम्झाई बुझाई रिहा गर्न अनुरोध गरेका छन । उनले महानगरलई धरातल र आवश्यकता नबुझि यस्ता काम नगर्न सुझाएका छन । उनले सबै कामको भूक्तानी भएको र अव काम हुदै गरेको लेखेर आर्थिक अनुशासनहिनतालाई पनि संकेत गरेका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.