logo

पर्सामा मानव अधिकारको उल्लघंन बढेकोमा सरोकारवालाको चिन्ता

 इसीमाना सम्वाददाता     २०८० मंसिर ३० गते ०४: २९ मा प्रकाशित     648   पटक पढिएको

वीरगंज । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पर्सामा संकलन गरिएका मानव अधिकार उल्लघंन घटनाहरुको पुस्तक प्रकाशन पूर्व समिक्षा गोष्ठी शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

इन्सेक पर्साका अनुसार सन् २०२३ को अबधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्यांकमा यो वर्ष पर्सामा ४९ ओटा मानव अधिकार उल्लघंनको घटना संकलन गरिएको छ ।

इन्सेक पर्साका प्रतिनिधि शम्भु कुमार सुमनले प्रस्तुत गरेको प्रतिवेदनमा एक वर्षको अबधिमा परिवारजनबाट ३ महिला र दुई पुरुषको हत्या, १३ बालिका र ९ महिला गरी २१ बलात्कारको घटना रहेको छ ।

यसै गरि इन्सेक पर्साका अनुसार १२ वहुविवाह, ३ महिला वेचविखन, एक बलात्कार प्रयास तथा आत्म हत्या दुरुत्साहन, एक कथित बोक्सीको आरोपमा अमानविय व्यवहार लगायतका मनाव अधिकार उलंघनको घटना भएको छ ।

कार्यक्रमका प्रमुख पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले मानव अधिकारको विषय बहुयामिक भएको वताए । उनले इन्सेकको प्रतिवेदनले समग्र जिल्लाको अवस्था देखाएकोले यस तर्फ हामी सबैको ध्यान जानु पर्ने जरुरी रहेको वताए ।

अधिकारीले इन्सेकको प्रतिवेदनले पीडितहरुको आवाजलाई न्यायीक प्रकृया सम्म पुर्याउन सहयोग पुगेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले अहिले पनि मानव अधिकार उलंघनको घटना व्यापक रुपमा भइरहेको वताए । उनले यसको नियन्त्रणमा राज्यको लापरवाही देखिएको वताउँदै यसमा गम्भिर हुनु पर्ने धारणा राखे ।

पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जिल्लामा हुने सम्पूर्ण मानव अधिकार उलंघनका घटनाहरु इन्सेक मानव अधिकार बर्ष पुस्तकमा समेटिनु पर्ने वताए । मानव अधिकार उलंघनका घटना बर्ष पुस्तकमा समेटी त्यसको नियन्त्रणको राज्य गम्भिर हुने धारणा राखे ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले मानव अधिकार उलंघनको घटनालाई पनि प्रहरीले अपराधिक घटना कै रुपमा लिएको वताए । उनले अपराधिक घटना घटाउने सम्पूर्ण माथि नियम अनुसार कारवाही भइरहेको दाबी समेत गरे ।

इन्सेक पर्साका पूर्व प्रतिनिधि एवम् पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी.लामिछाने अध्यक्षतामा भएको कार्यक्रममा गैसरकारी संस्था महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवाल, दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरी, महिला अधिकारकर्मी लक्ष्मी उप्रेती, बृजलाल पासवान लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.