logo

पर्सामा मानव अधिकारको उल्लघंन बढेकोमा सरोकारवालाको चिन्ता

 इसीमाना सम्वाददाता     २०८० मंसिर ३० गते ०४: २९ मा प्रकाशित     458   पटक पढिएको

वीरगंज । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पर्सामा संकलन गरिएका मानव अधिकार उल्लघंन घटनाहरुको पुस्तक प्रकाशन पूर्व समिक्षा गोष्ठी शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

इन्सेक पर्साका अनुसार सन् २०२३ को अबधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्यांकमा यो वर्ष पर्सामा ४९ ओटा मानव अधिकार उल्लघंनको घटना संकलन गरिएको छ ।

इन्सेक पर्साका प्रतिनिधि शम्भु कुमार सुमनले प्रस्तुत गरेको प्रतिवेदनमा एक वर्षको अबधिमा परिवारजनबाट ३ महिला र दुई पुरुषको हत्या, १३ बालिका र ९ महिला गरी २१ बलात्कारको घटना रहेको छ ।

यसै गरि इन्सेक पर्साका अनुसार १२ वहुविवाह, ३ महिला वेचविखन, एक बलात्कार प्रयास तथा आत्म हत्या दुरुत्साहन, एक कथित बोक्सीको आरोपमा अमानविय व्यवहार लगायतका मनाव अधिकार उलंघनको घटना भएको छ ।

कार्यक्रमका प्रमुख पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले मानव अधिकारको विषय बहुयामिक भएको वताए । उनले इन्सेकको प्रतिवेदनले समग्र जिल्लाको अवस्था देखाएकोले यस तर्फ हामी सबैको ध्यान जानु पर्ने जरुरी रहेको वताए ।

अधिकारीले इन्सेकको प्रतिवेदनले पीडितहरुको आवाजलाई न्यायीक प्रकृया सम्म पुर्याउन सहयोग पुगेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले अहिले पनि मानव अधिकार उलंघनको घटना व्यापक रुपमा भइरहेको वताए । उनले यसको नियन्त्रणमा राज्यको लापरवाही देखिएको वताउँदै यसमा गम्भिर हुनु पर्ने धारणा राखे ।

पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जिल्लामा हुने सम्पूर्ण मानव अधिकार उलंघनका घटनाहरु इन्सेक मानव अधिकार बर्ष पुस्तकमा समेटिनु पर्ने वताए । मानव अधिकार उलंघनका घटना बर्ष पुस्तकमा समेटी त्यसको नियन्त्रणको राज्य गम्भिर हुने धारणा राखे ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले मानव अधिकार उलंघनको घटनालाई पनि प्रहरीले अपराधिक घटना कै रुपमा लिएको वताए । उनले अपराधिक घटना घटाउने सम्पूर्ण माथि नियम अनुसार कारवाही भइरहेको दाबी समेत गरे ।

इन्सेक पर्साका पूर्व प्रतिनिधि एवम् पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी.लामिछाने अध्यक्षतामा भएको कार्यक्रममा गैसरकारी संस्था महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवाल, दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरी, महिला अधिकारकर्मी लक्ष्मी उप्रेती, बृजलाल पासवान लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.