logo

७७ किलो गाँजा सहित बिभिन्न स्थानबाट पाँच जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८० मंसिर २६ गते ०७: १३ मा प्रकाशित     170   पटक पढिएको

बीरगंज। प्रहरीले गाँजा सहित बीरगंज महानगरपालिका वडा नं १६ नगवाका २३ वर्षिय शेख सदामलाई पक्राउ गरेको छ । उनले आफनै घरमा गाँजा बिक्री बितरण गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रहरीले उनको घरबाट ६ किलो ५ सय ग्राम गाँजा बरामद गरेको छ गाँजाको नाप जोख गर्ने डिजीटल तराजु समेत प्रहरीले बरामद गरेको छ । घरमा खाटमुनी कालो रंगको प्लाष्टिकको डिब्बाभित्र लुकाइ छिपाई राखिएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाले बताए ।


उता मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले ४५ किलो १ सय २० ग्राम गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको डीएल ४३ एनबी ५९९४ नम्बरको भारतीय बोलेरो गाडीलाई सुरक्षाजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

 

प्रहरीले बोलेरो गाडीका चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वि चम्पारणका २४ वर्षीय भुषण कुमार र बोलेरोमा सवार २१ वर्षीय साजन सिंहलाई पक्राउ गरेको हो ।
त्यस्तै

जिल्ला प्रहरी कार्यालय बाराले चितवन साविक मेघौली वडा नं. ६ हाल परिवर्तित भरतपुर महानगरपालिका वडा नम्बर. २७ का रोशन बहादुर दमई र चितवन माडी नगरपालिका–६ का वर्षीय देव नारायण महतोलाई पक्राउ गरेको छ ।


उनीहरुको साथबाट २६ किलो ८०० ग्राम अवैध लागुऔषध चरेश तथा गांजा बरामद भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

मकवानपुरको हेटौडा–१५ स्थित रातोमाटे चेकपोष्टबाट बा. १४ च ३७०८ नम्बरको मारूती सुजुकी कार जाँच नगराई फरार भएको सूचना बारा प्रहरीलाई आएको थियो ।

यही सूचनालाई पछ्याउँदै जाँदा बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिको जंगलमा लुकाइछिपाई राखिएको अवस्थामा पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए । पक्राउ परेकाहरुविरुद्ध आवश्यक अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.