logo

पर्सा मिलन केन्द्रद्वारा फोटोग्राफर पौडेल सम्मानित

 इसीमाना सम्वाददाता     २०८० मंसिर ९ गते ०६: ५४ मा प्रकाशित     1008   पटक पढिएको

काठमाडौँ । २३ औँ पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र, काठमाडौँले अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको छ। काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रममा फोटोग्राफर मनिस पौडेल सम्मानित भएका छन्।


हरके वर्ष कात्तिक २६ गते पर्सा दिवस मनाउने गरेकोमा यस वर्ष कात्तिक २६ गते लक्ष्मी पूजा पर्न गएकोमा मंसिर नौ मा कार्यंक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष उमेश गुप्ताले बताए।


विभिन्न १० विधामा योगदान पुर्याएकालाई सम्मानित गरिएको थियो। यसैबीच पौडेलले डिजिटल सञ्चारमा माध्यम मार्फत पुर्याएको योगदानको लागि सम्मानित गरिएको गुप्ताले बताए। पौडेल गत १८ वर्षदेखि फोटो पत्रकारितामा सक्रिय छन्।


यसबाहेक, शिक्षा अन्र्तगत त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्रका पूर्व प्राध्यापक डा. रामदेब तिवारी, स्वास्थमा स्त्री रोग विशेषज्ञ डा.अचला वैध, कलामा भोजपुरीका लोक कलाकार सलिम मियाँ, साहित्यतर्फ दिनेश गुप्ता, उद्यमतर्फ ताराचन्द्र केडिया, व्यवसायमा उर्मिला श्रेष्ठ प्रधान, सामाजिक रुपान्तरण, सेवा तथा शिक्षा क्षेत्रमा मनोज राम पत्रकार ध्रुव साह र श्रवण साह लगायतकालाई सम्मान गरिएको छ।


कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादवले सम्मान पत्र प्रदान गरेका थिए भने, विशिष्ट अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सबैलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए। सम्मानीत पौडेल सीमाना मिडीया पा.ली.का संचालक पनि हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.