logo

पर्सा मिलन केन्द्रद्वारा फोटोग्राफर पौडेल सम्मानित

 इसीमाना सम्वाददाता     २०८० मंसिर ९ गते ०६: ५४ मा प्रकाशित     764   पटक पढिएको

काठमाडौँ । २३ औँ पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र, काठमाडौँले अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको छ। काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रममा फोटोग्राफर मनिस पौडेल सम्मानित भएका छन्।


हरके वर्ष कात्तिक २६ गते पर्सा दिवस मनाउने गरेकोमा यस वर्ष कात्तिक २६ गते लक्ष्मी पूजा पर्न गएकोमा मंसिर नौ मा कार्यंक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष उमेश गुप्ताले बताए।


विभिन्न १० विधामा योगदान पुर्याएकालाई सम्मानित गरिएको थियो। यसैबीच पौडेलले डिजिटल सञ्चारमा माध्यम मार्फत पुर्याएको योगदानको लागि सम्मानित गरिएको गुप्ताले बताए। पौडेल गत १८ वर्षदेखि फोटो पत्रकारितामा सक्रिय छन्।


यसबाहेक, शिक्षा अन्र्तगत त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्रका पूर्व प्राध्यापक डा. रामदेब तिवारी, स्वास्थमा स्त्री रोग विशेषज्ञ डा.अचला वैध, कलामा भोजपुरीका लोक कलाकार सलिम मियाँ, साहित्यतर्फ दिनेश गुप्ता, उद्यमतर्फ ताराचन्द्र केडिया, व्यवसायमा उर्मिला श्रेष्ठ प्रधान, सामाजिक रुपान्तरण, सेवा तथा शिक्षा क्षेत्रमा मनोज राम पत्रकार ध्रुव साह र श्रवण साह लगायतकालाई सम्मान गरिएको छ।


कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादवले सम्मान पत्र प्रदान गरेका थिए भने, विशिष्ट अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सबैलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए। सम्मानीत पौडेल सीमाना मिडीया पा.ली.का संचालक पनि हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

परालको भुसभित्र १५ लाखको काजु बरामद, ट्रक सहित पनि चालक पक्राउ

बागमती । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाका आधारमा ठुलो परिमाणमा काजु बरामद गरेको छ

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.