logo

भुवनेश्वर प्रविधि पुरस्कार बीरगंजको हस्क पावर नेपाल प्रा.ली.लाई

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २४ गते ०६: ०८ मा प्रकाशित     974   पटक पढिएको

काठमाण्डौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले दुई दर्जनभन्दा बढीलाई विभिन्न विधामा पुरस्कृत गर्ने निर्णय गरेको छ । नास्टका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ४६औं प्राज्ञसभा बैठकले २०७९ र २०८०का लागि पुरस्कार पाउने व्यक्तिहरूको नामावाली सार्वजनिक गरेको हो ।

जस अनुसार २०७९ को लागि २ लाख राशीको प्रकृति संरक्षण पुरस्कार

पंक्षी संरक्षण संघ, लाजिम्पाट, काठमाडौंलाई, २ लाख राशीको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाडौंलाई, १ लाख राशीको विज्ञान पुरस्कार डा.नबल श्रेष्ठ, विराटनगरलाई, १ लाख राशीको प्रविधि पुरस्कार डा. बालकृष्ण बल, भोजपुरलाई, ७५ हजारको राशीको विज्ञान तथा प्रविधि युवा पुरस्कार ३ जनालाई क्रमशः डा. सुप्रिया शर्मा, माइक्रोबायोलोजी केन्द्रीय विभाग, त्रि.वि.वि.लाई, डा. देवराज अधिकारी, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहर भवनलाई र डा. मुक्तिराम पौडेल, केन्द्रीय वनस्पति विभाग, त्रि.वि.वि. लाई प्रदान गरिने निर्णय भएको नास्टले जनाएको छ ।

सभाले ७५ हजार राशीको महिला विज्ञान तथा प्रविधि पुरस्कार डा. शान्ता पोखरेल, त्रिचन्द्र क्याम्पस, त्रि.वि.वि लाई, ५० हजार राशीको प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार डा. भूपेन्द्र दास, सप्तरीलाई र डा गोकर्ण जंग थापा, धनुषालाई, ५० हजार राशीको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार अतुल मिश्र, कान्तिपुर दैनिकलाई, जनही ७५ हजार राशीको विज्ञान शिक्षक पुरस्कार सात वटै प्रदेशका क्रमशः दामोदर सिग्द्येल, मोरंग, बद्री नारायण झा, बारा, मुकुन्द प्रसाद काफ्ले, काठमाडौं, शेखरनाथ शर्मा पौडेल, कास्की, डिला राय खनाल, रुपन्देही, भीम बहादुर बि.क., जुम्ला, केशवराज विष्ट, दार्चुलालाई प्रदान गर्ने निर्णय गरेको छ ।

सभाले उत्कृष्ट विद्यार्थी पुरस्कार जनही २५ हजारका दरले प्रत्येक प्रदेशका १ जना छात्र र १ जना छात्रा गरी १५ जनालाई, जनही २५ हजार राशीको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सुशिला कँडेल, बाग्लुंग र प्रदीप ढुंगानालाई, यस्तै ५० हजार राशीको फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार भवानी पाण्डे, कैलालीलाई प्रदान गर्ने निर्णय भएको छ ।

१ लाख राशीको काजी इन्द्र कटुवाल कृषि पुरस्कार डा.शैलेन्द्र खत्री, ललितपुरलाई र १ लाख ५० हजार राशीको गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार डा. राजु अधिकारी, अष्टे्र्लियालाई प्रदान गर्ने निर्णय भएको छ ।

२०८० सालमा प्रदान गरिने पुरस्कार

सभाले २०८० सालमा प्रदान गरिने पुरस्कारहरु अन्तर्गत २५ हजार राशीको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सुमन प्रकाश प्रधान र मनिता स्याउलालाई, ५० हजार राशीको फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार शिशिर शर्मालाई, २५ हजार राशीको मोहन ध्वज बस्नेत प्रज्ञा पुरस्कार सिमा कुमारी गुप्ता, हस्क पावर नेपाल प्रा.लि.बीरगन्जलाई,कम्पनीले धुवाँरहित चुल्होको उत्पादन गर्दै आएको छ । उर्जाको बचत र पर्यावरणमैत्री चुल्हो उत्पादन गरेर अनुसन्धानमा योगदान पुर्याएकोले कम्पनी पुरस्कृत भएको हो ।


२५ हजार राशीको भुवनेश्वर प्रविधि पुरस्कार, सुमन अर्याल, सूर्य किरण फाइबर इन्डस्ट्र्जि प्रा. लि. चितवनलाई, २५ हजार राशीको जीत बहादुर नकर्मी धातु प्रविधि पुरस्कार राजन शाक्य, ललितपुरलाई प्रदान गर्ने निर्णय भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.