logo

नारायणी एफएमको बार्षिकोत्सव ७ महिलासहित ५३ जनाद्वारा रक्तदान

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १८ गते ०५: ३७ मा प्रकाशित     529   पटक पढिएको

वीरगञ्ज । मधेस प्रदेशको पहिलो समुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज १८ औं बर्षमा प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

 

 प्रसारण भएको १७ बर्ष पूरा भई १८ औं वर्षमा प्रवेश गरेको अवसरमा राखिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
 
बीरगन्जको कुमु प्यालेस होटलमा तीन घण्टासम्म चलेको रक्तदान ७ महिलासहित कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । विहान ८ बजेदेखि ११ बजेसम्म रक्तदान कार्यक्रम चलेको थियो ।

सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ र नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले रक्तदातालाई व्लड व्याग हस्तान्त्रण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

 

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष विरेन्द्रराज कंडेल र रेडियोका कार्यकारी अध्यक्ष गोविन्द देवकोटालाई लाठ र चौहानले व्लड व्याग हस्तान्त्रण गरेर कार्यक्रमको उदघाटन गरिएको थियो ।

 

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेशका महासचिव श्याम बन्जारा, प्रेस युनियनका सचिव अशोक तिवारी र केन्द्रीय सदस्य श्रीराम रायमाझी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे र जगत राई, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक अभियान्ताहरुको उपस्थित रहेको थियो ।

रक्तदान गर्ने महिलाहरुमा नुतन सरावगी, अप्साना खान, प्रकृति अधिकारी, आरजु देवकोटा, निलम सिंह, सुकृति सिंह, दिर्घ कुमारी थापा, सुनिता कुमारी र रिया भट्टराई छन् ।

 

पुरुषतर्फ भने बिरेन्द्रराज कँडेल, गोबिन्द देवकोटा, रञ्जित यादव, शब्दर हुसेन, आनन्द साह, बलिराम यादव, रवि कुमार गुप्ता, शिवनाथ यादव, कमल मोहन पोखरेल, रुप नारायण ठाकुर लोहार, किशोर राना मगर, ईश्वर राना मगर, नितिश कुमार सिंह, बिशाल पटेल, दिपेन्द्र साह, आशिष चौहान छन् ।

 

यसैगरी ज्योतिलाल पण्डित, हरिशंकर कुमार कर्ण, श्याम प्रकाश लाल, अभिशेख तिवारी, गिरिश कुमार, उमेश कुशवाहा, धुरेन्द्र कुशवाहा, सुरेन्द्र राम, जगमोहन पटेल, पुरुषोत्तम पटेल, सदाम हुसेन, सन्दिप साह, धर्मेन्द्र चौरसिया, अजय प्रसाद महतो, प्रभाकर अधिकारी, माधव तिमल्सिना, अभिनाश चौरसिया, रघुनाथ तिमल्सिना, दिनेश कुमार मिश्र, सुजन पौडेल, बिजय कुमार रौनियार, अर्जुन श्रेष्ठ, अभिशेक पटेल, राधेश्याम यादव, ललित धामी, निरज पिठाकोटे मगर, बिबेक खड्का र प्रवेज हवारीसहितकाले रक्तदान गरेका छन् ।

 

सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल (रेस नेपाल) द्वारा सञ्चालित नारायणी एफएम २०६३ साल कार्तिक ४ गते शनिबार लक्ष्मी पूजाको दिनबाट प्रसारण शुरु गरेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.