logo

बिन्दबासिनीको इटियाीहमा रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १५ गते ०३: ४१ मा प्रकाशित     564   पटक पढिएको

वीरगंज । पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ ठूलो इटियाहीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो इटियाहीको आयोजना तथा बिन्दबासिनी गाउँपालिका वडा नं. ३ को सहयोगमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।

No description available.
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बिन्दबासिनी गाउँपालिका अध्यक्ष बिवेक चौरसियाले रक्तदान गरी कार्यक्रमको उदघाटन गरेका थिए ।


रक्तदान गर्नेहरुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसिया, मन्जेस कुमार, अमित कुमार साह, योधन चौरसिया, कृष्ण मोहन साह, मुना ठाकुर, अजय गुप्ता, जयचन्द्र चौरसिया, ईजहार राउत गद्दी, सुकेस दास तत्वा, रबि शंकर सिंह, सुर्यमोहन चौरसिया, राज किशोर भगत, अरुण कुमार चौरसिया, भभिखन साह, अरबिन्द चौरसिया, बृजेश चौरसिया लगायतकाले रगतदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएकोे छ ।


रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै चौरसियाले ईटियाही गाउँमै पहिलो पल्ट रक्तदान भएकोमा आयोजकलाई धन्यबाद दिदै आउने दिनहरुमा पनि गाउँघरलाई लक्षित गरी रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका थिए ।

No description available.
उनले स्वस्थ्य व्यक्तिले हरेक तीन÷तीन महिनामा रक्तदान गर्नु उचित हुने भन्दै रक्तादन गरेर जीवनदान गर्न आग्रह गरेका थिए । अहिले पनि गाउँघरमा रक्तदान गर्दा कमजोरी हुने, स्वास्थ्यमा समस्या आउने जस्ता गलत सोंच र प्रवृति रहेको बताउदै त्यस्तो कुनै पनि समस्या नहुने कुरा प्रष्ट पारेका थिए । उनले हरेक ३/३ महिनामा रक्तकोशिका आफै नष्ट भएर जाने भएकोले सबै स्वस्थ्य व्यक्तिलाई रक्तदान गर्न सुझाएका थिए ।


रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्राविधिक मनिस कुमार साह, जानकी चौधरी लगायतको समुहले प्राविधिक सहयोग गरेका थिए ।


सो अवसरमा वडाध्यक्ष जय प्रकाश चौरसिया, विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसिया, स्थानीय मुनिलाल दास, देवनारायण साह, महेन्द्र साह, प्रदिप चौरसिया, छठुलाल चौरसिया, युवा नेता उपनेश चौरसिया, झगरु साह, नथुनी चौरसिया, संतोष चौरसिया, सञ्चारकर्मी जगत राई, अजय चौरसिया, रंजित चौरसिया, मुना ठाकुर, रामेश्वर चौरसिया, राजकिशोर भगत, दिपक चौरसिया लगायत विद्यालयका शिक्षक, राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजिवि लगायतको उल्लिखनीय सहभागीता रहेको थियो ।

No description available.
रक्तदान गर्ने रक्तदाताहरुलाई बिवेक चौरसिया, वडाध्यक्ष जय प्रकाश चौरसिया, विद्यालय अध्यक्ष मुकेश चौरसिया, प्रअ प्रमोद प्रसाद चौरसिया लगायतका अतिथिहरुले प्रशंसा पत्र प्रदान गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.