logo

बिन्दबासिनीको इटियाीहमा रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १५ गते ०३: ४१ मा प्रकाशित     464   पटक पढिएको

वीरगंज । पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ ठूलो इटियाहीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो इटियाहीको आयोजना तथा बिन्दबासिनी गाउँपालिका वडा नं. ३ को सहयोगमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।

No description available.
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बिन्दबासिनी गाउँपालिका अध्यक्ष बिवेक चौरसियाले रक्तदान गरी कार्यक्रमको उदघाटन गरेका थिए ।


रक्तदान गर्नेहरुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसिया, मन्जेस कुमार, अमित कुमार साह, योधन चौरसिया, कृष्ण मोहन साह, मुना ठाकुर, अजय गुप्ता, जयचन्द्र चौरसिया, ईजहार राउत गद्दी, सुकेस दास तत्वा, रबि शंकर सिंह, सुर्यमोहन चौरसिया, राज किशोर भगत, अरुण कुमार चौरसिया, भभिखन साह, अरबिन्द चौरसिया, बृजेश चौरसिया लगायतकाले रगतदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएकोे छ ।


रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै चौरसियाले ईटियाही गाउँमै पहिलो पल्ट रक्तदान भएकोमा आयोजकलाई धन्यबाद दिदै आउने दिनहरुमा पनि गाउँघरलाई लक्षित गरी रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका थिए ।

No description available.
उनले स्वस्थ्य व्यक्तिले हरेक तीन÷तीन महिनामा रक्तदान गर्नु उचित हुने भन्दै रक्तादन गरेर जीवनदान गर्न आग्रह गरेका थिए । अहिले पनि गाउँघरमा रक्तदान गर्दा कमजोरी हुने, स्वास्थ्यमा समस्या आउने जस्ता गलत सोंच र प्रवृति रहेको बताउदै त्यस्तो कुनै पनि समस्या नहुने कुरा प्रष्ट पारेका थिए । उनले हरेक ३/३ महिनामा रक्तकोशिका आफै नष्ट भएर जाने भएकोले सबै स्वस्थ्य व्यक्तिलाई रक्तदान गर्न सुझाएका थिए ।


रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्राविधिक मनिस कुमार साह, जानकी चौधरी लगायतको समुहले प्राविधिक सहयोग गरेका थिए ।


सो अवसरमा वडाध्यक्ष जय प्रकाश चौरसिया, विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसिया, स्थानीय मुनिलाल दास, देवनारायण साह, महेन्द्र साह, प्रदिप चौरसिया, छठुलाल चौरसिया, युवा नेता उपनेश चौरसिया, झगरु साह, नथुनी चौरसिया, संतोष चौरसिया, सञ्चारकर्मी जगत राई, अजय चौरसिया, रंजित चौरसिया, मुना ठाकुर, रामेश्वर चौरसिया, राजकिशोर भगत, दिपक चौरसिया लगायत विद्यालयका शिक्षक, राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजिवि लगायतको उल्लिखनीय सहभागीता रहेको थियो ।

No description available.
रक्तदान गर्ने रक्तदाताहरुलाई बिवेक चौरसिया, वडाध्यक्ष जय प्रकाश चौरसिया, विद्यालय अध्यक्ष मुकेश चौरसिया, प्रअ प्रमोद प्रसाद चौरसिया लगायतका अतिथिहरुले प्रशंसा पत्र प्रदान गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.