logo

वीरगंजको शंकराचार्यद्वारमा जडान गरिएको बत्ती चोर्ने बिरुद्ध अभद्र ब्यवहारमा मुद्धा

 इसीमाना सम्वाददाता     २०८० असोज २२ गते ०४: ३० मा प्रकाशित     403   पटक पढिएको

वीरगंज । वीरगंजको शंकराचार्यद्वारलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १ छपकैयाँका अरमान अलीलाई पक्राउ गरेको हो ।

 

वीरगञ्ज महानगरपालिकाले नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको शंकराचार्यद्वारलाई आकर्षक बनाउन जडान गरेको बत्ति गएको शुक्रबार राति चोरी भएको थियो ।


प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बत्ति चोरी गरेर लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको थियो ।


पक्राउ परेका अलीलाई वडा प्रहरी कार्यालय विर्तामा राखेर अभद्र व्यवहार कसूरमा मुद्धा चलाइएको पर्साका प्रहरी नायब उपरीक्षक कु्मार बिक्रम थापाले जानकारी दिए ।

यस अघि घण्टाघर सौन्दर्यकरणमा प्रयोग भएको बत्ति चोरी भएको थियो । सो घटनामा संलग्न भएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरि कारबाही गरिसकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.