logo

यातायातमा धमाधम परिक्षा हुदै,फेल भएकाहरु पनि पास

 इसीमाना सम्वाददाता     २०८० असोज १६ गते ०३: ०५ मा प्रकाशित     1034   पटक पढिएको

बीरगंज । कर्मचारीको आन्तरिक बिवादका कारण इमान्दार बनेको बीरगंजको यातायात ब्यवस्था कार्यालयमा सवारी चालक अनुमती पत्र बितरणमा फेरी अनियमितता शुरु भएको छ ।

 

गएको वर्ष असारमा सवारी चालक अनुमती पत्र बितरणको बेलामा उठाइएको रकम बितरण नभएपछि भएको बिवाद भएको थियो । त्यही बिवाद हिंसा समेत भएको थियो । बीरगंजको वडा नं–१४ का एक युवालाई प्रहरीले गिरफ्तार समेत गरेको थियो ।

 

यही विवादका कारण यादव सहनी र रन्जीत साह दुईजनाको बीरगंज कार्यालयबाट सरुवा भएको थियो । उनीहरुले सक्दा सम्म सवारी चालक अनुमती पत्र बितरणमा समस्या पैदा गर्दा रिजल्ट फेयर हुदै आएको थियो ।

 

तर उनीहरुको सरुवा पछि सवारी चालक अनुमती पत्र बितरणमा पुरानै शैलीको पुनरावृति भएको छ । अहिले धमाधम सवारी चालक अनुमती पत्र बितरणकोलागि लिखित र ट्रायल परिक्षा संचालन भइरहेको छ ।

 

अहिले ट्रायलमा फेल भएपनि सेटिङमा धमाधम पास गर्ने काम भएको छ । परिक्षालाई ब्यवस्थान गर्न बनाइएको आन्तरिक समितिको अहिले राम अयोध्या राम प्रमुख रहेका छन ।

 

फेल भएकाहरु पनि धमाधम पास गरिएको बारेमा प्रतिक्रिया लिन खोज्दा रामले कार्यालयमा आउनु न कुरा गरौला भनेका छन । परिक्षालाई फेयर बनाउनकालागि खटिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नीरिक्षक भास्कर खतिवडाले भने यस बिषयको प्रतिवाद गरेनन । यो अनियमिततामा ट्राफिक प्रहरी पनि संलग्न रहेको छ ।

 

यद्धपी सार्वजनीक अपतकालागि उनले अनियमिता रोक्ने बताए । अहिले भएको परिक्षामा फेल भएका ५ वटा प्रवेश पत्रको नम्बर इसीमानालाई उपलब्ध छ । परिक्षा प्रमुख रामलाई नम्बर सहित फेल भएकाहरु पास भएको बारे जानकारी माग्दा उनले आफूलाई सबै नम्बर याद नभएको बताए ।

 

यातायात ब्यवस्था कार्यालयले फेल भएकालाई पास बनाउनु त सामान्य नै भयो । देशमै नभएकाहरुको सवारी चालक अनुमती पत्र बनाएर बितरण गर्ने गरेको तथ्य पटक पटक सार्वजनीक भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.