logo

संवाद मार्फत द्धन्द रुपान्तरण सम्बन्धी तीन दिने तालिम शुरु

 इसीमाना सम्वाददाता     २०८० असोज १ गते ०८: १० मा प्रकाशित     531   पटक पढिएको

बीरगंज । समाजिक परिवर्तन केन्द्र काठमाडौको आयोजनामा संवाद मार्फत  द्धन्द रुपान्तरण विषयक तीन दिने तालिम बाराको बरेवा दरबार होटल कलैयामा आजदेखि शुरु भएको छ ।

 

तीन दिन सम्म चल्ने उक्त तालिममा कलैया उपमहानगरपालिका र फेटा गाँउपालिकाका जनप्रतिनिधि, राजनैतिक दलका नेता, समाजिक अगुवा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि गरि जम्मा २५ जनाको सहभागिता रहेको छ ।

 

सो तालिममा अपाङ्गता भएका व्यक्ति २ जना , महिला १४ जना तथा अन्य पुरुषहरुको सहभागिता रहेको छ । तालिमका प्रमुख प्रशिक्षक त्रिभुवन विश्वविद्यालयका शान्ति र द्धन्द्ध विषयका प्रोफेसर चिरन्जीवि भण्डारी, अधिवक्ता अजय कुमार स्वर्णकार तथा समाजिक परिवर्तन केन्द्र काठमाडौका अध्यक्ष पवन राय रहेका छन ।


समाजमा भएका विभिन्न चरणका द्धन्दहरुको विश्लेषण, पहिचान , कारण कसरी पता लगाउने तथा तिनिहरुलाई सवांद मार्फत कसरी समाधन गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको तालिममा स्थानिय स्तरमा द्धन्दलाई हेर्ने दृष्टिकोण तथा समाधानका तौरतरिकाबारे पनि गहन छलफल भएको कार्यक्रममा सहभागित अपाङ्गता भएका महिला रंजिता साहले बताइन ।


त्यस्तै समुदायमा हुने गरेको सानो तिने झैझगडा तथा नेपालको संविधानले सुचिकृति गरेको स्थानिय विवादका विषयमा न्यायिन समितिमार्फत धेरै द्धन्दहरु समाधान गर्न सकिन्छ तर पालिकाहरुमा न्यानिय समिति सक्रिय नहुदा जनताहरुलाइ न्यायको लागि जिल्ला स्थित प्रहरी कार्यालय तथा अदालत जानु पर्ने बाध्यता रहेकोले पनि जिल्ला प्रहरी कार्यालय र अदालतमा धेरै भिड हुने गरेको कुरा तालिममा सहभागि संजय मेहताले बताए ।

 


तालिमका सहभागिहरुले समाजमा विभिन्न किसिमका द्धन्दहरुमा सहजीकरण कलाको विकास गरी द्धन्दलाई हेर्ने नजरिया परिवर्तन भई समाजमानै समाधान हुन सक्ने द्धन्दलाई व्यस्थित रुपमा समाधान गर्न वा छलफल, मेलमिलाप, वार्ता वा संवाद मार्फत कसरी समाधन गर्न सकिन्छ भन्ने विषयमा सैधान्तिक तथा व्यवहारिक विषयमा ज्ञान वृद्धि गर्ने तथा सहजीकरण शीपमा निखार ल्याउने आशा रहेको समाजिक परिवर्तन केन्द्र बाराका फिल्ड अफिसर विक्की महतोले जनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.