logo

ठोरीमा मानव बेचबिखनबारे अन्तरक्रिया, शंकास्पद गतिविधि देखिए सूचना दिन अध्यक्ष श्रेष्ठको अपिल

 इसीमाना सम्वाददाता     २०८० भदौ २० गते ०५: १५ मा प्रकाशित     1020   पटक पढिएको

ठोरी । ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले सूचना र प्रविधिका कारण मानव बेचबिखन तथा ओसार पसारको अपराधीक काम बढेको बताएका छन ।

 

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औ राष्ट्रिय दिवसको अवसरमा पर्साको ठोरी गाँउपालिकाको सभाकक्षमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन ।

 


मोबाइलबाट फेसबुक, मैसेन्जर, ह्वाटसअप, इमो लगायतका सामाजिक संजालको दुरुपयोगबाट मानव बेचबिखन तथा ओसारपसार घटना बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।


अध्यक्ष श्रेष्ठले मानव बेचबिखन बिदेशमा मात्र नभई देश भित्र पनि भइरहेको चर्चा गर्दै यस बिषयमा सचेत हुन सबैलाई अपिल गरे । उनले जनप्रतिनिधि र प्रहरीलाई सूचना उपलब्ध गराउन समेत आम नागरिकलाई आग्रह गरे । समाजमा शंकास्पद गतिविधि देखियो भने चुप लागेर होइन सूचना दिएर आफू नागरिक भएको दायित्व निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।


गाँउपालिकाले “सामाजिक न्याय र आर्थिक सशक्तिकरण , मानव बेचबिखनको निर्मुलन“ को नारा सहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा लालबहादुर श्रेष्ठको संयोजकत्वमा १३ सदस्सीय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन समेत गरिएको छ ।


गाँउपालिकाको सभा हलमा आयोजित कार्यक्रमको सभाध्यक्ष गोकुल कुमारी रेग्मीले गरेकी थिइन ।

कार्यक्रममा गाँउपालिकाका सामाजिक बिकास शाखाका प्रमुख धर्मराज थापाले प्रशिक्षण दिनुएका थिए । थापाले सामाजिक न्यायको पहुच, आर्थिक स्तरमा सुधार भए मानव बेचबिखनमा न्युनीकरण गर्न सकिने बताए । गरिबी, अशिक्षा र बेरोजगारीका कारण मानव बेचबिखनको जोखिम उच्च रहेका कारण सचेत रहन उनको आग्रह छ ।

कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीहरु तथा संचारकर्मीहरुको सहभागिता थियो । कार्यक्रममा उनीहरुले समेत सल्लाह सुझाव दिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.