logo

पत्रकारिताको स्तरबृद्धिकालागि महानगर हातेमालो गर्न तयारः महागरप्रमुख सिंह

 इसीमाना सम्वाददाता     २०८० भदौ १२ गते ०९: ५६ मा प्रकाशित     1061   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख पत्रकार महिलाहरुको सीप र क्षमता अभिबृद्धिकालागि बीरगंज महानगरले सहयोग गर्ने बताएका छन ।

 

वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देस साप्ताहिक पत्रिकाको आठौँ वर्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले पत्रकारिताको स्तरबृद्धिकालागि महानगरले हातेमालो गर्न तयार रहेको बताएका छन ।


उनले पत्रकारिता क्षेत्रमा कृयाशील रहेका महिला पत्रकाहरुको क्षमता बृद्धि तथा स्थायित्वका लागि महानगर मिलेर काम गर्न सँधै तयार रहेको बताएका छन ।

उनले केही पत्रकारको खराब प्रवृत्तिका कारण समग्र पत्रकारिता क्षेत्र नै बदनाम हुने अवस्था आएको भन्दै त्यसका लागि पत्रकारसँग सम्बद्ध संस्थाहरु नै जागरुक भएर शुद्धिकरण गर्न जरुरी रहेको पनि बताए ।

वार्षिकोत्सवका अवसरमा पत्रिकाले बाराकी पत्रकार शारदा पोखरेललाई १० हजार रुपैयाँ सहित उत्कृष्ट महिला पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । यस्तै टेलिभिजन पत्रकार उपेन्द्र ठाकुर, युवा पत्रकार जियालाल साहलाई पनि पत्रिकाले दश हजार राशीको पुरस्कारबाट सम्मानित गरेको हो ।

युवा चित्रकार अजमत अली, स्तम्भकार शुदर्शनराज पाण्डे, स्व. उमाशंकर द्विवेदी (दधिची)लाई मरणोपरान्त सम्मान गरेको छ । , पत्रिका वितरक सतेन्द्र वर्णवाललाई नगद ५ हजार सहित पुरस्कृत गरिएको पत्रिकाले जनाएको छ ।

पत्रिकाकी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मधेश विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्य, नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्मा, जसपा पर्साका सचिव तबरेज अहमद,, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, , नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने , नेपाल उधोग बाणिज्य संघका केन्द्रीय सदस्य डा.सुवोध गुप्ता, बीरगंजका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ पत्रकार चन्द्र किशोर झा, डा.सुस्मा तिवारी द्विवेदी, अधिवक्ता कमल मोहन पोखरेल, डा.लक्ष्मी थापा, सलमा खातुन लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन लक्ष्मी खरेल र स्वागत मनत्ब्य गीता भण्डारीले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.