logo

पत्रकारिताको स्तरबृद्धिकालागि महानगर हातेमालो गर्न तयारः महागरप्रमुख सिंह

 इसीमाना सम्वाददाता     २०८० भदौ १२ गते ०९: ५६ मा प्रकाशित     985   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख पत्रकार महिलाहरुको सीप र क्षमता अभिबृद्धिकालागि बीरगंज महानगरले सहयोग गर्ने बताएका छन ।

 

वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देस साप्ताहिक पत्रिकाको आठौँ वर्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले पत्रकारिताको स्तरबृद्धिकालागि महानगरले हातेमालो गर्न तयार रहेको बताएका छन ।


उनले पत्रकारिता क्षेत्रमा कृयाशील रहेका महिला पत्रकाहरुको क्षमता बृद्धि तथा स्थायित्वका लागि महानगर मिलेर काम गर्न सँधै तयार रहेको बताएका छन ।

उनले केही पत्रकारको खराब प्रवृत्तिका कारण समग्र पत्रकारिता क्षेत्र नै बदनाम हुने अवस्था आएको भन्दै त्यसका लागि पत्रकारसँग सम्बद्ध संस्थाहरु नै जागरुक भएर शुद्धिकरण गर्न जरुरी रहेको पनि बताए ।

वार्षिकोत्सवका अवसरमा पत्रिकाले बाराकी पत्रकार शारदा पोखरेललाई १० हजार रुपैयाँ सहित उत्कृष्ट महिला पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । यस्तै टेलिभिजन पत्रकार उपेन्द्र ठाकुर, युवा पत्रकार जियालाल साहलाई पनि पत्रिकाले दश हजार राशीको पुरस्कारबाट सम्मानित गरेको हो ।

युवा चित्रकार अजमत अली, स्तम्भकार शुदर्शनराज पाण्डे, स्व. उमाशंकर द्विवेदी (दधिची)लाई मरणोपरान्त सम्मान गरेको छ । , पत्रिका वितरक सतेन्द्र वर्णवाललाई नगद ५ हजार सहित पुरस्कृत गरिएको पत्रिकाले जनाएको छ ।

पत्रिकाकी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मधेश विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्य, नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्मा, जसपा पर्साका सचिव तबरेज अहमद,, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, , नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने , नेपाल उधोग बाणिज्य संघका केन्द्रीय सदस्य डा.सुवोध गुप्ता, बीरगंजका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ पत्रकार चन्द्र किशोर झा, डा.सुस्मा तिवारी द्विवेदी, अधिवक्ता कमल मोहन पोखरेल, डा.लक्ष्मी थापा, सलमा खातुन लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन लक्ष्मी खरेल र स्वागत मनत्ब्य गीता भण्डारीले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.