logo

क्रेनको हुक चुडिएर लाग्दा वीरगन्ज महानगरपालिका १४ पिप्राका कुर्मीको ज्यान गयो

 इसीमाना सम्वाददाता     २०८० भदौ ६ गते ०७: ५३ मा प्रकाशित     513   पटक पढिएको

बीरगंज । जीतपुरसिमरा १ स्थित हुलास स्टीलमा कार्यरत एक सवारी चालकको बधुवार मृत्यु भएको छ । उद्योगमा काम गर्ने क्रममा क्रेनको हुक चुडिएर लाग्दा वीरगन्ज महानगरपालिका १४ पिप्राका वीरेन्द्र राउत कुर्मीको मृत्यु भएको हो ।

 

करिब ४५ वर्षीय कुर्मीको वीरगन्जस्थित स्पर्श अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उद्योगमा काम गर्ने क्रममा बिहान करिब साढे ६ बजे आफैले चलाएको क्रेनको हुक चुडिएर लाग्दा उनि घाइते भएका थिए ।

 

घटनालगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा उपचार गराई वीरगन्जमा रहेको स्पर्श अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा करिब १२ बजे कुर्मीको मृत्यु भएको परिवारले जनाएको छ ।

 

कुर्मीको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालमाथि आक्रोश पोखेका छन् । चिकित्सकको लापरवाहीका कारण कुर्मीको ज्यान गएको परिवारको भनाई छ । यता चिकित्सकले भने छातिमा गम्भिर चोट भएका कारण ज्यान गएको बताएका छन् ।

 

कुर्मीको मृत्यु भएपछि मृतकका परिवार, उद्योग प्रशासन र अस्पताल प्रशासनबीच छलफल भएको छ । छलफलमा मृतक परिवारले उपचारमा लापरवाही गर्ने चिकित्सकमाथि कारवाहीको माग राखेका छन् ।

 

कुर्मी करिब ३० वर्षदेखि उद्योगमा कार्यरत रहेको परिवारले जानकारी दिएका छन् । उनले उद्योग भित्र ठुला सवारीसाधन चलाउने गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.