logo

अटोरिक्सा चालकहरु दोहोरो मारमा महानगरले सास्ती दिएको भन्दै गरे प्रर्दशन

 इसीमाना सम्वाददाता     २०८० भदौ ५ गते ०९: १९ मा प्रकाशित     505   पटक पढिएको

बीरगंज । बीरगंजमा संचालनमा रहेका अटोरिक्साका संचालकहरु आन्दोलीत भएका छन । महानगरपालिकाले ल्याएको अटो रिक्सा ब्यवस्थापन सम्बन्धी नीतिका कारण आफूहरु समस्यामा परेको भन्दै उनीहरु आन्दोलीत भएका हुन ।

 

महानगरपालिकाको सिफारिशमा यो भन्दा पहलिा यातायात ब्यवस्था कार्यालय ( सवारी)ले अटोरिक्साको दर्ता तथा रुट परमिट जारी गरेको थियो । अहिले महानगरपालिकाले अटोरिक्साको दर्ता आफै गर्ने ब्लूबुक तथा परमिट पनि जारी गर्ने नीति ल्याएपछि रिक्सा चालकहरु दोहोरो मारमा परेका छन ।

 

यातायात कार्यालयमा दर्ता भएका अटो रिक्साहरुले दर्ताकोबेला लाग्ने दस्तुर बुझाएकै छन । वार्षिक रुपमा लाग्ने राजस्व समेत तिरिरहेका छन । एकतिर रकम तिर्दै आएका अटोरिक्सा संचालकहरु फेरी महानगरमा दर्ता गर्नु पर्दा थप शुल्कका कारण समस्यमा परेका छन । यातायात कार्यालयले लगत कट्टा गर्न मानेको छैन ।

 

प्रदेश सरकार वा कानूनमा संशोधन अथावा नीतिगत प्रवन्ध बिना लागत कट्टा गर्न नमिल्ने यातायात कार्यालयको तर्क छ । यातायातमा राजस्व नतिरौ भने पनि जुन दिन लगत कट्टा हुनेछ त्यतिवेला पनि यातायातले जरिवाना सहितको राजस्व लिने पक्का भएका कारण अटोरिक्साका संचालकहरु बाध्भएर सडकमा उत्रिएका छन ।

 

 

उनीहरुका अनुसार महानगरमा दर्ता हुने परमिट महानगरले दिने कुरामा अटोरिक्साका संचालकको असहमती त छैन तर महानगरले आफनो कार्यालयमा दर्ताहुन अगावै यातायात तर्फको समस्या हल गर्नु पर्ने आफूहरुको तर्क रहेको उनीहरुको भनाई छ । महानगरले आफना कुराहरु नसुनेपछि आफूहरु प्रर्दशनमा उत्रिएको उनीहरुको भनाई छ ।


घण्टाघर बाट विभिन्न नारा लगाउँदै सैयौं चालकहरु माइस्थान आदर्शनगर हुदै बीरगंज महानगरपालिका अगाडि पुगेर विभिन्न नारा लगाएका थिए ।वीरगन्ज महानगरपालिका र ट्राफिक प्रहरीले विभिन्न बहानामा सास्ती दिने काम यथाशीघ्र बन्द गर ।

 

सहुलियत ढंगले परिश्रम गरी खानेलाइ राहत दे। विभिन्न वहानामा दिनभरि कमाएको पैसा हजार रूपिया सम्म जरिवाना गरी विभिन्न बहानामा रकम असुल्ने काम बन्द गर्न जस्ता नारा लगाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.