logo

पत्रकार यादवमाथि हातपात गर्ने तीन जना, प्रहरी कस्टडीमा, कारवाही गर्न महासंघको माँग

 इसीमाना सम्वाददाता     २०८० भदौ ४ गते ०७: ५६ मा प्रकाशित     429   पटक पढिएको

चन्द्रपुर। नेपाल पत्रकार महासंघ रौतहट जिल्ला कार्य समिति सदस्य तथा हिमालयन टेलिभिजनका संचारकर्मी राकेशकुमार यादव माथि बृन्दावनमा हातपात गर्दै दुरब्यवहार गरेका छन ।

 


मापदण्ड विपरित संचालित रहेका क्रशर उद्योगको सम्बन्धमा रिपोटिंग गर्न जाँदा उक्त क्रशर उद्योगले पालेका लठैत एवं चन्द्रेमुन्द्रेले हातपात गरेका हुन।


वृन्दावन नगरपालिका वडा नम्वर १ शिवम क्रशर उद्योगमा खोलाजन्य बस्तुहरु थुपारिएको तथा जिल्ला अनुगमन समितिबाट स्टक परिक्षण नगराईकन विक्री वितरण गर्दै आएको खवर श्रोतबाट प्राप्त भएपछि महासंघका जिल्ला कार्य समिति सदस्य एवं हिमालयन टेलिभिजनका रौतहट संवाददाता यादव उक्त क्रशरमा पुगेपछि उनीमाथि हातपात भएको हो ।


उनीहरुले संचारकर्मी यादवको क्यामरा फूटाएका छन । यसैवीच नेपाल पत्रकार महासंघ रौतहटले एक बिज्ञप्ति जारी घटनाको सन्दर्भमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छन ।

 

अबैध रुपमा संचालित शिबम क्रशर उद्योगका कर्मचारी माथि कडा कारवाही गर्नुपर्ने नेपाल पत्रकार महासघ रौतहटका सचिव मदन ठाकुरद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

 

त्यसैगरि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा र प्रेस चौतारी नेपाल रौतहट शाखाका सचिव मुकेश कुमार साहले पनि बिज्ञप्ति जारी गरि दोषीलाई कारवाही गर्न माँग गरेका छन ।

 

उनीहरुले पत्रकार यादवका संचार उपकरणको क्षतीपूर्तीको पनि माँग गरेका छन ।मापदण्ड विपरित संचालनमा रहेका शिवम क्रशर उद्योग नियम बिपरित संचालितमा पत्रकार यादव माथि हातपात गर्ने क्रशरका कर्मचारी राजदेव ठाकुर, महेश चौधरी र राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.