logo

सुवोध सिंह स्मृति पत्रकारिता पुरस्कार पत्रकार चन्द्र किशोरलाई

 इसीमाना सम्वाददाता     २०८० भदौ १ गते ०२: ०० मा प्रकाशित     325   पटक पढिएको

बीरगंज । यसबर्षको सुवोध सिंह स्मृति पत्रकारिता पुरस्कार पत्रकार चन्द्र किशोरलाई प्रदान गरिएको छ । वीरगन्जबाट प्रकाशित प्रतीक प्रकाशन समूहले फोटो पत्रकार स्व.सुवोध सिंहको स्मृतिमा स्थापना गरेको पत्रकारिता पुरस्कार कान्तिपुरका स्तम्भकार चन्द्रकिशोरलाई प्रदान गरिएको हो ।

 

प्रतीक दैनिक पत्रिकाको ३७ औं बार्षिकोत्सवको अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पत्रकार चन्द्रकिशोरलाई पुरस्कृत प्रदान गरे । पुरस्कृत चन्द्रकिशोरलाई दोसल्ला ओढाएर ५१ हजार राशीको चेक नगर प्रमुख सिंहले हस्तान्तरण गरेका थिए ।

 

वीरगन्जका फोटो पत्रकार सिंहको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार पहिले फोटो पत्रकारिता विधामा मात्रै प्रदान गरिँदै आएको थियो । एकबर्ष अघिदेखि भने जुनसुकै विधाका पत्रकारिता गर्ने एकजना पत्रकारलाई प्रदान गरिदै आएको छ ।

 

गतबर्ष नारायणी एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटालाई प्रदान गरिएको थियो । गत बर्षदेखि नै पुरस्कारको राशी पनि बढाएर ५१ ह्जार रुपैंया पु¥याएको थियो ।

 

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको पत्रिकाका सम्पादक शत्रुघ्न नेपालले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.