logo

बुहारीका निम्ति उत्तरपुस्तिका तयार गर्ने ससुरा र पर्यवेक्षक रंगेहात पक्राउ

 इसीमाना सम्वाददाता     २०८० सावन ३१ गते ०८: २० मा प्रकाशित     477   पटक पढिएको

वीरगञ्ज । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह दोस्रो वर्षको परीक्षामा उत्त।पुस्तिका साटफेरमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा परिक्षामा पर्यवेक्षकको रुपमा खटिएका त्रिजुद्ध स्कुलमै कार्यरत शिक्षक विनोद कुमार स्वर्णकार र ठाकुरराम बहुमुखी क्याम्पसको पूर्व कर्मचारी मोहन यादव रहेका छन ।

 


यादवले परिक्षामा सहभागि आफनो बुहारीकोलागि बाहिर नै उत्तर पुस्तिका तयार गरि पछि कपीको चाङमा समाविष्ट गर्ने बेलामा प्रहरीले सूचना पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

 

प्रहरीले दुबै जना प्रश्नपत्र बाहिर लाने र बाहिर नै उत्तरपुस्तिका तयार पारी कापीको चाङमा मिलाउने काम गरेकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए ।


यादवले वीरगञ्ज महानगरपालिका – ३ बिर्तास्थित श्री त्रिजुद्ध रघुवीर राम महावीर प्रसाद माध्यमिक विद्यालयमा जारी बीबीएस दोस्रो वर्षको परीक्षा दिइरहेकी आफ्नो बुहारीका लागि बाहिर नै जान्ने मान्छे लगाएर उत्तर पुस्तिका तयार पारेका थिए।

 

परीक्षामा सहभागी बुहारीका लागि लेखेको उत्तर पुस्तिका सहित दुवैलाई प्रहरीले पक्राउ गरेको थियो ।यादवले उत्तर पुस्तिका लगेर स्वर्णकारलाई दिँदै गरेको अवस्थामा उनीहरूलाई रङ्गे हात पक्राउ गरिएको डिएसपी गिरीले बताए । उ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.